‘नाकाबन्दीका सुत्रधार’ अजित डोभलसँग प्रचण्डकाे भेट

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभलसँग बिहीवार भेट गरेका छन्। भेटमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो। संविधानसभाबाट संविधान जारी गरेपछि असन्तुष्ट बनेको भारतले नेपालमाथि ६ महिना लामो नाकाबन्दी लगाएको थियो।

उक्त नाकाबन्दीका सुत्राधारका रुपमा डोभललाई लिइन्छ।  तीन दिने भारत भ्रमणका क्रममा दिल्ली पुगेका दाहालले र डोभलबीचको भेटवार्तालाई महत्वकासाथ हेरिएको छ।  प्रचण्डको सचिवालयले भने प्रचण्ड र डोभलबीचको भेटवार्तामा दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति  र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको जनाएको छ।

भारत भ्रमणको दोस्रो दिन प्रचण्डले नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीसँग छलफल गर्दै नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका थिए। 

‘सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो,’ उनले भने।

उनले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको दाबी गरे। उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी