February 20, 2018

नवराज सिलवाल बालुवाटारमा सार्वजनिक हुँदा …

 

download

 

फाल्गुन ८, काठमाडौं । देउवा सरकारले कार्यसम्पादन मूल्याकंन किर्ते गरेको आरोप लगाई  प्रहरी मार्फत  व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् ।सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो । पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो ।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो । यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण