मंसिर १५, लण्डन : एक पिताले आफ्नो नवजात शिशुलाई यति बेस्सरी हल्लाए कि बालकको २८ वटा हड्डी भाँच्चिएको छ ।
घटनाको केही समयपछि उपचारको क्रममा बालकको मृत्यु भएको छ । अनुसन्धानको क्रममा आरोपी पिताको अनलाइन सर्च हिस्ट्री भेटियो । पिताले अनुुसन्धान गरेका थिए, ‘मैले आफ्नो बच्चालाई निकै बेस्सरी समातेँ जसका कारण उसको शरीरमा दाग देखिएको छ । के तपाईंले कहिले आफ्नो बच्चा रोइरहेका बेला दुर्घटनावश चोट पुर्याउनु भएको छ ?’
घटना ब्रिटेनको केन्टको हो । एक स्थानीय अदालतले नोभेम्बर २९ मा दोषी पिता ली वर्नन (२१) लाई आजीवन कारावासको सजाय सुनाए । उनले कम्तीमा १६ वर्ष जेलमा बिताउनुपर्नेछ ।
पिताले गत वर्ष जुलाईमा आफ्नो बच्चाको टाउकोमा गम्भीर चोट पुर्याएका थिए । घटनापछि लण्डनको हस्पिटलमा बच्चाको मृत्यु भएको थियो । पिता आफैंले इमर्जेन्सी सर्भिसका लागि फोन गरेका थिए । इमर्जेन्सी सर्भिसका एजेन्टसँग पिताले बच्चाको अवस्थाबारे आफू अनभिज्ञ भएको बताएका थिए ।
पुलिससँगको सोधपुछमा वर्ननले बच्चा आफ्नो हातबाट दुर्घटनावश फुत्किएको र भुइँमा खस्नुअघि सोफाको काठमा बेस्सरी ठोक्किएको बताए ।
पछि पुलिस सोधपुछमा पिताले दिएको बयान र मेडिकल रिपोर्टले भिन्न भिन्न कहानी बताइरहेको थियो । डाक्टरका अनुसार हस्पिटल ल्याउनुभन्दा अघि कम्तीमा दुई पटक बच्चालाई चोट पुर्याइएको थियो ।
एक पुलिस अधिकारीका अनुसार यो भावनात्मक रुपमा गहिरो र निकै जटिल केस थियो । तर मेडिकल एक्सपर्टको मद्दतले पुलिसले अनुसन्धान पूरा गर्न सक्यो । अदालतसामू पितालाई कडाभन्दा कडा सजाय दिने माग गरिएको थियो । एजेन्सी
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।