काठमाडौं, फागुन १२ । नर्भिक अन्तराष्ट्रिय अस्पतालले देब्रे घुँडामा समस्या भएर अस्पताल गएकी एक बिरामीको दाहिने घुँडाको अपरेशन गरेको छ । देब्रे घुँडामा समस्या भएर अस्पताल भर्ना भएकी चितवनकी ३८ वर्षीया विन्दु पौडेलको डा. प्रविण नेपालले दाहिने घुँडा चिरेका हुन् ।
लिगामेन्ट च्यातिएका कारण उपचार गर्न नर्भिक आएकी थिइन् । चितवनमा देखाउँदा अपरेशन गर्नुपर्छ भनेरपछि परिवारका सदस्य एमआरआईको रिपोर्ट बोकेर बिहिबार नर्भिक अस्पताल आइपुगेका थिए । शुक्रबार पौडेलको घुँडाको शल्यक्रिया भयो । सल्यक्रियापछि आफन्त भेट्न जाँदा विन्दुको दाहिने घुँडा चिरेको देखेपछि आफन्त अन्यौलमा परे ।
शुरुमा डाक्टर प्रविणले आफ्नो गल्ती स्विकार गर्नभन्दा ढाकछोप गर्नपट्टि लागेको आफन्तले बताए । तर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सबै रिपोर्ट र बिरामीको अवस्था हेरेपछि गल्ती भएको महसुस गरेका थिए ।
बिरामीको गलत अपरेशन भएपछि अस्पतालले उपचारमा लाग्ने सम्पुर्ण खर्च ब्यहोर्ने लिखित सहमती गरेको छ ।
शनिबार अस्पताल र पीडित पक्षबीच भएको चारबुँदे सहमतिमा प्रविण नेपाल र शैलेज रञ्जितकारले ‘भूलवश मानविय त्रुटीका कारण दाहिने घुँडाको अपरेशन हुन गरेको तथ्य’ स्वीकार गरेका छन् ।
विरामी विन्दुको दुबै खुट्टाको निःशुल्क उपचार गर्ने, त्यहाँ उपचार सम्भव नभए विज्ञ चिकित्सकका आधारमा सम्पूर्ण उपचार अस्पतालले गर्ने सहमति भएको छ । साथै विरामीको घुँडाको उपचार नेपालमा सम्भव नभई बाहिर लैजानु परेमा सम्पूर्ण उपचार खर्च अस्पतालले नै व्यहोर्ने सहमति छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि