नरिवलको तेल हानिकारक कि स्वास्थ्यजनक ?

नरिवलको तेल स्वास्थ्यका लागि निकै लाभदायिक मानिन्छ तर हालै भएको एउटा शोधले नरिवलको तेल सेवन गर्ने मानिसहरुको मनमा डर पैदा गराएको छ ।

coconut-768x437

हाबर्ड विश्वविद्यालयमा टीएच चैन स्कुल अफ पब्लिक हेल्थका प्राध्यापक कैरिन मिशेल्सले नरिवलको तेल खाद्य वस्तुको रुपमा प्रयोग गर्नु सबैभन्दा हानिकारक हुने दावी गरेकी छिन् ।

‘कोकोनोट ओयल एण्ड न्युट्रिशन इरर’ विषयमा लेक्चर दिँदै प्राध्यापक मिशेल्सले नरिवलको तेल पूर्णरुपमा विष भएको बताएकी छिन् । उनले नरिवलको तेलमा सेच्युरेटेड फ्याट धेरै हुने र त्यो स्वास्थका लागि हानिकारक हुने बताइन् ।

मिशेल्सको अनुसार नरिवलको तेलमा पाइने अधिक मात्राको सेच्युरेटेड फ्याटले धमिनीहरुमा खूनको प्रवाहलाई रोक्न सक्छ । यसले मुटु सम्बन्धि बिमारीको खतरा बढाउँछ ।

नरिवल हानिकारक वा लाभदायक भन्ने विषयमा निकै लामो समयदेखि बहस चलिरहेको छ । धेरै वैज्ञानिकहरुले नरिवलको तेल हानिकारक फ्याटले भरिएको हुने बताउँदै आएका छन् ।

भारतमा हैदराबादस्थित नेश्नल इन्स्टिच्यूट अफ न्युट्रिशनमा उप निर्देशक डाक्टर अहमद इब्राहिमले नरिवलको तेलबारे बीबीसीको कुरामा त्यसमा लगभग ९० प्रतिशत सेच्युरेटेड फ्याट हुने बताएका थिए ।

डाक्टर माइकलले बीबीसीका लागि गरेको रिसर्चमा नरिवलमा घ्युको तुलनामा अधिक सेच्युरेटेड फ्याट पाइने पाएका छन् । नरिवलमा ८६ प्रतिशत र घ्युमा ५१ प्रतिशत फ्याट हुने बताइएको छ ।

यस विषयमा कुरा भैरहँदा आखिर सेच्युरेटेड फ्याट स्वास्थका लागि हानिकारक किन भन्ने प्रश्न उठ्न सक्छ ।

वैज्ञानिकको अनुसार सेच्युरेटेड फ्याटले शरीरमा असल र खराब दुवै किसिमका कोलेस्ट्रोल बढाउँछ । तर दुवैको असर शरीरमा अलग अलग किसिमको पर्छ ।

डाक्टर माइकलको अनुसार जुन खानामा सेच्युरेटेड फ्याटको मात्रा धेरै हुन्छ त्यस्तो खानाले हाम्रो खूनमा लो डेन्सिटी लिपोप्रोटिन एलडीएलको मात्रा बढाउँछ । एलडीएललाई खराब कोलेस्ट्रोल भनिन्छ ।

जब एलडीएलको मात्रा बढी हुन्छ यसले हाम्रो धमनीमा कोलेस्ट्रोल बनाउन थाल्छ, जसकारण धमनीमा खूनको प्रवाह रोकिने खतरा बढ्छ ।
त्यस्तै अर्को तर्फ सेच्युरेटेड फैट हाई डेन्सिटी लिपोप्रोटिन एचडीएल जसलाई असल कोलेस्ट्रोल भनिन्छ त्यसको मात्रा पनि बढ्छ नरिवल तेलको सेवनले ।

एचडीएललाई असल कोलेस्ट्रोल मान्नुको पछाडिको कारण भनेको यसले हाम्रो शरीरको विभिन्न भागमा रहेको कोलेस्ट्रोललाई कलेजो तर्फ लिएर जान्छ । यसपछि हाम्रो कलेजोले कोलेस्ट्रोललाई शरीरबाट बाहिर निकाल्छ र यसबाट नोक्सान हुँदैन ।

डाक्टर अहमद इब्राहिमका अनुसार नरिवलको तेल सेवनको हिसाबले कति स्वास्थ्यवर्द्धक भन्ने विषयमा हालसम्म कुनै वैज्ञानिक अनुसन्धान भएको छैन । डाक्टर माइकलको रिपोर्टले पनि यहीँ बताउँछ ।

बीबीसीले आफ्नो कार्यक्रम ‘ट्रस्ट मि आइ एम अ डक्टर’ का लागि क्याम्ब्रिज विश्व विद्यालयका दुई प्रतिष्ठित शिक्षाविद् केटी खाँ र नीता फोरोहीसँग सम्पर्क गर्‍यो । उक्त कार्यक्रममा ५० वर्षदेखि ७५ वर्ष उमेर समूहबीचका ९४ जना मानिसहरुलाई तीन समूहमा बाढेर अध्ययन गरियो । अध्ययनका लागि ल्याइका कुनै पनि मानिसलाई मुटु वा मधुमेह थिएन ।

अध्ययनका क्रममा तीनै समूहलाई चार हप्तासम्म फरक फरक तेल सेवन गर्न दिइएको थियो ।

चार हप्ता पछि घ्यु सेवन गर्ने समूहका मानिसहरुमा खराब कोलेस्ट्रोलको मात्रा १० प्रतिशतले बढेको थियो भने असल कोलेस्ट्रोल ५ प्रतिशतले बढेको थियो ।

त्यस्तै जैतूनको तेल सेवन गर्ने दोस्रो समूहको शरीरमा असल र खराब कोलेस्ट्रोलको मात्रा केही कम भएको थियो ।

तर नरिवलको तेल सेवन गर्ने समूहमा खराब कोलेस्ट्रोलको मात्रा धेरै वृद्धि त भएन तर असल कोलेस्ट्रोल भने १५ प्रतिशत वृद्धि भयो । यसले नरिवलको तेलको सेवन मुटुका लागि राम्रो हुने देखाउँछ ।

तर, डाक्टर अहमदका अनुसार यदि कोही नरिवलको तेल मात्र सेवन गर्छ भने उसको शरीरमा सेच्युरेटेड फ्याट अधिक मात्रामा बढ्छ । यसकारण विभिन्न किसिमका तेलहरु सेवन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि