September 9, 2018

नयाँ शोलाई लिएर मिडियाबाट भड्के कपील शर्मा

केही दिन अघि कमेडी किङ कपील शर्माले नयाँ शो लिएर टिभीमा कमब्याक गर्ने खबर आएको थियो । ती खबरहरुमा उनी शोको तयारीमा जोडदार लागेको र तौल घटाउन शुरु पनि गरेको बताइएको थियो । खबर दिने मिडियाहरुले त्यसमा कपीलको नाम उदृत गर्दै लेखेका थिए ।

Kapil-Sharma

तर भर्खरै कपीलको आफ्नै नयाँ बयान सार्वजनिक भएको छ । यो पछिल्लो बयानमा कपीलले मिडियामाथि भ्रामक समाचार फैलाएको आरोप लगाउँदै आक्रोश पोखेका छन् । बलिउड हंगामाको खबर अनुसार कपीलले कुनै मिडिया वा न्युज पोर्टलसँग आफूले आफ्नो नयाँ प्रोजेक्टको बारेमा कुरा नगरेको बताएका छन् ।

कपीलले भने, ‘उनीहरु आफ्नै इच्छाले मनलागी लेख्दैछन् । म मिडियासँग आग्रह गर्छु तपाईहरुको विचार ममाथि नथोपर्नुहोस् ।’

कपीलको पछिल्लो बयानले उनी न त आफ्नो पुरानो टिम न कृष्ण अभिषेकसँग नयाँ शोमा आउँदैछन् भन्ने कुरा स्पष्ट पारेको छ ।

उनी अघि कमेडी कलाकार भारती सिंहले पनि कपील शर्मासँग आफू र कृष्ण काम गर्ने भनि मिडियाले फैलाएको समाचार भ्रामक भएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं