एकतापछि बन्ने नयाँ पार्टीको नाम दुवै पार्टीको नाम मिलाएर बन्नेछ । नयाँ पार्टीको नाम ‘नयाँ शक्ति संघीय समाजवादी, नेपाल’ राख्ने प्रस्ताव गरिएको छ । कार्यदलले नाम झण्डा र कार्ययोजना बनाउने काम गरिरहेको छ । दुवै पार्टीका तर्फबाट कार्यदल गठन गरेर कार्यदलले छलफल गरिरहेको छ ।
नेताले भने, ‘कि दुवै पार्टीको नाम मिालउाँ, कि कुनै नयाँ नाम प्रस्ताव गरौं भनेर हामीले धारणा राखेका छौं, नयाँ शक्तिका साथीहरुले नयाँ शक्तिलाई नै निरन्तरता दिन प्रस्ताव गर्नुभएको छ ।’ समाजवदीका एक नेताले भने । ‘हामी नामदेखि पार्टीको विधान र नेताहरुको समायोजनको बारेमा अन्तिम गृहकार्यमा छौं,’ वार्तामा सहभागी नयाँ शक्तिका नेता देवेन्द्र पौड्लले भने, ‘हामी सम्भावित नामहरुको सूचि र पार्टीको विधान तयार बनाएर शीर्ष नेताहरुको बैठकमा प्रस्तुत गर्छौ र त्यहीबाट अन्तिम निर्णय हुन्छ ।’ एकतापछि बन्ने नयाँ पार्टीले संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणासँगै नेपालमा लोकतान्त्रिक राजनीतिक आन्दोलनको एउटा चरण आधारभूतरुपमा पूरा भएको समान बुझाई राख्ने बताइएको छ ।
आठ तहको केन्द्रीय निकायहरु रहने नयाँ पार्टीमा महाधिवेशन, संघीय परिषद्, संघीय समिति, संघीय सल्लाहकार समिति तथा पार्टी संरक्षक समिति, संघीय अनुशासन आयोग, संघीय लेखा परीक्षण आयोग, संघीय निर्वाचन आयोग र संघीय विभागहरु रहने व्यवस्था हुनेछ ।
संघीय समिति अर्थात् केन्द्रीय समितिमा एक अध्यक्ष, ३ सहअध्यक्ष, ७ उपाध्यक्ष, ३ महासचिव, ७ उपमहासचिव, ७ सचिव र एक कोषाध्यक्ष रहने र केन्द्रीय समिति ३०१ जनाको रहनेगरी तयारी भइरहेको एक नेताले जानकारी दिए । अध्यक्षमा भट्टराई नै बनाउनेमा संघिय समाजवादी पनि सहमत छ । तर उपेन्द्र यादवको हैसियत र स्थानका विषयमा चासो छ ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने