सरकारले अधिनायकवादी मनोदशाबाट प्रेरित भएर सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गरेको भन्दै नयाँ शक्ति पार्टी नेपालले साउन १ गते नै माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ । नग्न सरकारी हस्तक्षेप बन्द गरिनुपर्ने, निषेधित क्षेत्र खारेजीको माग गर्दै प्रदर्शन गर्न लागिएको सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग प्रमुख विश्वदिप पाण्डेले विज्ञप्तिमार्फत जनाएका छन् ।
यस्तो छ उनले जारी गरेको विज्ञप्ति
प्रेस–वक्तव्य
विद्यमान स्थितिमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारले गरेका कतिपय क्रियाकलापले नयाँ शक्ति पार्टी, नेपालको ध्यान गम्भीररुपमा आकर्षित भएको छ । लोकतन्त्र, जनजिविका, विकास रणनीतिलगायतका केही तत्कालीन विषयमा तपसिल बमोजिम माग गर्दै आगामी श्रावण १ गते १ बजे काठमाडौंको माइतीघर मण्डलामा नयाँ शक्ति पार्टी, नेपालले जनप्रदर्शन गर्ने व्यहोरा समेत अवगत गराउन चाहन्छौं ।
१. लोकतन्त्रलाई संकुचन गर्ने अधिनायकवादी मनोदशाबाट प्रेरित भएर साउन १ गतेदेखि काठमाडौंका विभिन्न सार्वजनिक स्थलहरुलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय अबिलम्ब खारेज गरियोस् । सञ्चारजगत र प्राज्ञिक क्षेत्रमा भइरहेको नग्न सरकारी हस्तक्षेप बन्द गरियोस् । प्रेस र अभिव्यक्ति स्वतन्त्रता पूर्ण रुपमा प्रत्याभूत गरियोस् ।
२. बजेट फ्रिज हुन नदिने नाममा जथाभावी भइरहेको असारे विकास अबिलम्ब बन्द गरियोस् । यस प्रक्रियामा भइरहेको भ्रष्टाचार, गुणस्तरहीन निर्माण र कमिसनखोरीलाई कानुनी कार्वाहीको दायरामा ल्याइयोस् । श्रावण–असारको आर्थिक वर्ष परिवर्तन गरी बैशाख–चैत्रको नयाँ आर्थिक वर्ष कायम गरियोस् ।
३. शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको चरम निजीकरण, व्यापारीकरण र माफियाकरण अन्त्य गरियोस् । समाजवादी नीति अनुरुप शिक्षा र स्वास्थ्यको व्यवस्था गरियोस् । माथेमा आयोगको सिफारिस, मर्म र भावना अनुरुप स्वास्थ्य शिक्षा विधेयक संसदमा पेश गरियोस् ।
४. महिला हिंसाका घटना नियन्त्रण गर्न, महिला हिंसामा संलग्नलाई कार्वाही गर्न राज्यले देखाएको उदासिनता अन्त्य होस् । पश्चिम नेपालमा कायम रहेको छाउपडी प्रथाको अन्त्यका लागि अबिलम्ब प्रभावकारी कदम चालियोस् ।
५. विकासका नाममा विशेषत: काठमाडौं उपत्यकाभित्र भइरहेको साँस्कृतिक सम्पदाहरुको विनाश र जिर्णोद्धारमा गरिएको लापरवाही अन्त्य गरियोस् । काठमाडौं–निजगढ द्रूतमार्गसँग जोडिएको खोकनाबासीहरुको सरोकारलाई सम्बोधन गरियोस् ।
६. वर्षायामसँगै देशव्यापी रुपमा भइरहेको बाढी, पहीरो, डुबान, कटानको समस्यालाई दृष्टिगत गरी राज्यको तयारीलाई प्रभावकारी बनाइयोस् । यस्ता घटनामा उद्धार, राहत र पुनस्र्थापना कार्यलाई तदारुकताका साथ सम्पन्न गरियोस् ।
उपरोक्त जनसरोकारका अहम् मागलाई पूरा गराउने उद्देश्यले आयोजित श्रावण १ गतेको जनप्रदर्शनमा सहभागिता जनाउन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपील गर्दछौं ।
साथै देशको आन्तरिक राष्ट्रिय एकताविना देशको समृद्धि सम्भव छैन । यसका लागि विविधतापूर्ण इन्द्रेणी राष्ट्रियतालाई सम्मान गर्न र सबै राष्ट्रियताहरुको पहिचानको मुद्दामा सबै पक्ष जिम्मेवार बन्न पनि हार्दिक अनुरोध गर्दछौं ।
………………….
विश्वदीप पाण्डे
प्रमुख
सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत