नबिल, एभरेस्ट,ग्लोबल आईएमई बैंकको ठगीधन्दा

गत असोज १९ गते सीडीएससी एण्ड क्लियरिङ्ग लिमिटेडले एक पत्रकार सम्मेलनमा सेयर लगानीकर्ताहरुले डिम्याट खाता खोल्दा ५० रुपैयाँ छुट छुट गरि १ सय मात्रै लिने प्रावधान रहेको बताएता पनि विभिन्न बैंकहरुले ठगीधन्दा चलाईरहेका छन् ।

राजधानीका केहि बैंकहरूले सीडीएससीकाे सुविधा सेवाग्राहीलार्इ नदिइ मनपरी गरेका छन् ।

सीडीएससी आगामी कात्तिक २ गतेसम्म डिम्याट खाता खोल्दा निःशुल्क भनिए पनि एभरेस्ट बैंकको सेतोपूल शाखाले १ सय ५० रुपैयाँ र डिम्याट खाता खोल्दा अनिवार्य सोही बैंकमा ५ सय रुपैयाँमा खाता खोल्नुपर्ने सोही बैंकमा कार्यरत कर्मचारीले दाबी गरिन ।

यता नबिल बैंकको मैतीदेबी शाखामा पनि डिम्याट खाता खोल्नुपर्दा १ सय ५० रुपैयाँ नै शुल्क लिइएको पाईयो ।

यसैगरी ग्लोबल आईएमई बैंकको डिल्लीबजार शाखामा पनि डिम्याट खाता खोल्दा १ सय ५० रुपैयाँ शुल्क लाग्ने गरेको बैंकका कर्मचारीले बताए ।

यता सीडीएससी भने निःशुल्क डिम्याट खाता खोल्न सकिने बताउदै आएको सीडीएससीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा