काठमाडौं । गतवर्ष भन्दा यो वर्ष रोपाइँ कम भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दिएको जानकारी अनुसार गत वर्षभन्दा यो वर्ष १३ प्रतिशत रोपाइँ कम भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार यो वर्ष साउन ६ गते सम्ममा नेपालभर ६३.६९ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्षको यहि अवधिमा ७७.७४ प्रतिशत रोपाइँ भएको थियो ।
यस वर्ष सबैभन्दा धेरै कर्णाली प्रदेशमा ९०.१३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी, १ नम्बर प्रदेशमा ५६.१३ प्रतिशत, २ नम्बर प्रदेशमा ५०.४८ प्रतिशत, ३ नम्बर प्रदेशमा ६९.१८ प्रतिशत, गण्डकी प्रदेशमा ७९.२८ प्रतिशत, ५ नम्बर प्रदेशमा ६३.४८ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ८६.६२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
त्यसैगरी गत वर्ष यहि अवधिमा १ नम्बर प्रदेशमा ७१.९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । त्यसैगरी, २ नम्बर प्रदेशमा ८९.३८ प्रतिशत, ३ नम्बर प्रदेशमा ७६.५० प्रतिशत, गण्डकी प्रदेशमा ८७.३३ प्रतिशत, ५ नम्बर प्रदेशमा ७९.८६ प्रतिशत, कर्णाली प्रदेशमा ७७.४४ प्रतिशत र सुदुर पश्चिम प्रदेशमा ९६ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
नेपालमा धान रोपाइँ हुने कुल १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफल मध्ये हालसम्म ८ लाख ७४ हजार ९ सय ६९ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष यहि अवधिको रोपाइँको अवस्था हेर्दा १० लाख ६६ हजार ३ सय ८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको थियो ।
त्यसैगरी भौगोलिक अवस्था अनुसार साउन ६ गते सम्ममा उच्च पहाडमा ७५.०१ प्रतिशत, मध्य पहाडमा ७२.८९ प्रतिशत र तराई मा ६०.०२ प्रतिशत गरेर जम्मा ६३.७९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जुन गत वर्ष उच्च पहाडमा ८१.०९ प्रतिशत, मध्य पहाडमा ७७.७८ प्रतिशत र तराईमा ७७.५५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।
नेपालमा वार्षिक ६० लाख टन धान खपत हुने गरेको छ । जसमध्य १० लाख टन धान बाह्य देशबाट आयात गरिन्छ । जसको लागि २२ अर्बभन्दा बढी खर्च हुन्छ । रोपाइँ समयमै रोपाइँ नभएपछि उत्पादन पनि कम हुन्छ । जसले गर्दा यो वर्ष धान तथा चामलको मूल्य बढ्ने सम्भावना देखिन्छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू