द भ्वाइस : प्रतियोगीको यस्तो दमदार स्वर (भिडियो)

नेपालमा द भ्वाइस अफ नेपाल नामको अन्तर्राष्ट्रिय रियालिटी शो अहिले अत्याधिक चर्चामा छ । शोको ब्लाइण्ड अडिशन सकिएको छ र अर्को सातादेखि ब्याटल राउण्ड सुरु हुँदैछ । यो शोमा सबै कोचहरुले आ–आफ्नो टिम तयार पारेका छन् । आगामी दिनमा कोचहरुले ती सबै प्रतिस्पर्धीहरुलाई प्रशिक्षित गर्नेछन् र उनीहरुमध्येबाट उत्कृष्ट प्रतिभाको खोजी गर्नेछन् । 

यो रियालिटी शो नेपालमा भर्खरै भित्रिएको हो । अमरिकाको चर्चित यो रियालिटी शो विभिन्न देशमा पुगिसकेको छ । यही फ्रेन्चाइजले नेदरल्याण्डमा पनि यही नामको शो आयोजना गर्ने गर्छ । नेदरल्याण्डमा २०११ को संस्करणमा भएको ब्लाइण्ड अडिसनमा निकै आश्चर्यजनक घटना भयो । यो शोको ब्लाइण्ड अडिसनमा एक प्रतियोगी आए जसको नाम थियो चार्ली लस्क । चार्लीले ब्लाइण्ड अडिसनमा गाए जेम्स ब्राउनको गीत ‘दिस इज अ म्यान्स वर्ल्ड’ ।

शोमा चार कोचहरु थिए । व्यक्ति ५ भए पनि उनीहरुलाई ४ कोचको रुपमा गनिन्थ्यो किनकि गायक र गीतकार निक र सिमनको जोडीलाई एउटै कोचको रुपमा गनिएको थियो किनकि उनीहरु संगीतको काम गर्दा कहिल्यै छुट्टिँदैनथे । यसबाहेक एन्जेला ग्रुथुइजेन, रोएल भान भेर्जेन र मार्को बोर्साटो कोच थिए । चार्ली स्टेजमा आए र गाए ‘दिस इज अ म्यान्स वर्ल्ड’ ।

आश्चर्यको कुरा चार्लीले गाउन थालेको २ सेकेण्ड मात्रै भएको थियो सबै कोचहरुले एकैपटक बजर थिचे । भ्वाइसको अन्तर्राष्ट्रिय संस्करणहरुमध्ये यो नै सबैभन्दा छिटो सबै कोचहरुले बजर थिचेको इतिहास हो । उनको आवाज यतिसम्म दमदार थियो कि उनले गीतको पहिलो लाइन अर्थात ‘दिस इज अ म्यान्स वर्ल्ड’ पूरा गर्न के पाएका थिए सबै कोचहरुले बजर थिचिसकेका थिए । हेर्नुहोस् भिडियो – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको