शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ ।
कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले घट्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले वृद्धि भएको छ । रासस
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा