देशभर सबै जिल्लामा स्वास्थ्य बीमा : मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताएका छन् ।

pradip-gwali

प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ वर्षीया बालिका बन्दना भण्डारीलाई सहयोग हस्तान्तरण कार्यक्रममा उनले अहिले २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएकाले चाँडै नै देशभरका सबै जिल्लामा लागू गर्ने जानकारी गराए ।

उनले स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि अकालमा आर्थिक अभावले ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग पुर्यायाउने बताए ।

उनले स्वास्थ्य बीमाले मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन थप सहयोग पुर्याउने बताए । मन्त्री ज्ञवालीले सरकारले अहिले काम गरिरहेको बताउँदै नकारात्मक टीकाटिप्पणी मात्रै बढी भएको उल्लेख गर्दै ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको पनि केहीले नबुझेर विरोध गरेको बताए ।
‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको पनि मूल्याङ्कन गर्नुपर्छ,’ उनले भने, ‘‘सरकार मुलुकलाई समृद्धि बनाउने अभियानमा लागेको छ ।’

कार्यक्रममा मन्त्री ज्ञवालीले बालिका भण्डारी र उनकी आमा लक्ष्मी भण्डारीलाई उपचारका लागि दुबईमा सङ्कलन गरिएको रु दुई लाख आठ हजार ५०० हस्तान्तरण गरेका हुन् ।

दुबईमा वैदेशिक रोजगारीका क्रममा रहेका कुवेर लुइँटेल र खिम केसीले संयोजन गरी नेपालमा कलाकार बैकुण्ठ महतमार्फत रकम उपलब्ध गराउनु भएको हो । बन्दना अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारत छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि