भक्तपुर जेठ ३१ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार भारतको इशारामा चलेको आरोप लगाएका छन् ।
रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार दिल्लीकै इशारा अनुसार चलेको दाबी गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणमा केही प्रदेशको निर्वाचन सार्ने प्रस्ताव अघि सारेको बताए ।
निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने भन्दै अध्यक्ष बिजुक्छेंले निर्वाचन अवधिसम्म आयोग सरकारको होईन सरकार आयोगको सल्लाहमा चल्नुपर्ने धारणा राखे । तर सरकारले आयोगको अधिकारमाथिसमेत हस्तक्षेप गर्दै निर्वाचन सार्ने खेल खेलिरहेको उनको भनाई छ ।
सरकार जनताको समस्याप्रति अलिकति पनि गम्भीर हुन नसकेको आरोप लगाउँदै उनले सरकारले राजपालाई संविधान संशोधनको बहानामा झुक्काईरहेको खुलासा गरे । सरकार राजपाको माग अनुसार संविधान संशोधन होईन ऐन संशोधनको तयारीमा रहेको धारण राख्दै भने, ‘राजपालाई झुक्काएर होईन प्रष्ट पारेर राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ ।’
सरकारले स्थानीय तहका नाममा मनपरी रुपमा बजेट विनियोजन गरेर सरकारी सम्पति अनियमिता गरिरहेको बताउँदै उनले नगरपालिकामा कार्यकारी अधिकृत बाहेकका अरुलाई सरकारले तलब दिन नहुने धारणा राख्नुपर्ने बताए । उनले भने ‘अधिकृत बाहेकका अन्य कर्मचारी र पदाधिकारीका लागि स्थानीय तहको आन्तरिक स्रोतबाट खर्च व्यवस्थापन गर्नुपर्छ ।’
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने