देउवा विरुद्ध पौडेल समूह एकजुट, सुजाताको घरमा लन्च बैठक

२६ कार्तिक,काठमाडौं : पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरित काम गरेको र त्यसलाई रोक्न भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले एकजुट हुने विषयमा छलफल गरेको छ। कांग्रेस नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता पौडेलसहितका नेताहरुलाई सोमबार लन्चकालागि आफ्नो निवास मण्डिखाटारमा बोलाएकी थिइन्।

लन्च बैठकमा पौडेल समूहका नेताहरु महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, केन्द्रीय सदस्य गुरुराज घिमिरेसहितका सहभागी थिए।

करिव डेढ घण्टा चलेको बैठकमा सभापतिले पछिल्लो समयमा विधान विपरित काम गरेको, पार्टीलाई एउटा गुटमा परिणत गरेको, एकलौटी ढंगले अगाडि बढेको भन्दै सभापतिका गलत कामका विरुद्ध एक भएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। बैठकमा पूवमहामन्त्री कृष्णप्रसाद सिटौला भने राजधानी बाहिर भएका कारण उपस्थिति थिएनन्।

सो बैठकमा सहभागी केन्द्रीय सदस्य गुरुराज घिमिरेका अनुसार महासमिति बैठक,  १४ औं महाधिवेशनलगायतका विषयमा छलफल भएको थियो। ‘महासमिति बैठक तोकिएकै मितिमा हुनुपर्छ भन्ने विषयमा बैठकमा सहभागी नेताको एकमत रह्यो,’ घिमिरेले भने, ‘आगामी १४ औं महाधिवेशनका विषयमा पनि छलफल भयो र एकजुट भएर जाने भन्ने कुरा भएको छ।’

बैठकमा १४ औं महाधिवेशनकालागि अहिले देखि नै व्यक्तिपिच्छे उम्मेद्वार तोक्ने काम बन्द गर्ने र महाधिवेशनको तयारीमा लाग्ने सहमति भएको छ। कांग्रेसको १४ औं महाधिवेशमा पूर्व संस्थापन पक्षभित्र कसलाई सभापतिको उम्मेद्वार बनाउने भन्ने विषयमा सहमति भइसकेको छैन।

केही समय अगाडि महामन्त्री शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच आगामी नेतृत्व कोइराला परिवारबाट लिने सहमति भएको थियो। तीन जनामध्ये एक जनाले समापतिमा उम्मेद्वारी दिने सार्वजनिक नै गरेका कोइराला परिवारका सदस्यले सोमबारको लन्च बैठकपछि भने नेतृत्वका विषयमा अहिले नै कुरा नगर्ने सहमति भएको छ। 

पछिल्लो समयमा सभापति देउवाले विधान विपरित काम गरेको भन्दै पौडेल पक्ष असन्तुष्ट रहँदै आएको छ। केही दिन अगाडि सभापति देउवाले विजयकुमार गच्छदारलाई विधान विपरित उपसभापतिमा मनोनयन गरेपछि कांग्रेसभित्रको विवाद सतहमा आएको छ।

कांग्रेस विधानमा पदाधिकारीमा नियुक्त हुन महाधिवेशनबाट केन्द्रीय सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रावधान छ। तर उक्त प्रावधान विपरित देउवाले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेका थिए। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक