देउवाको कारण पार्टीले पराजय बेहोर्नुपरेको : प्रकाशमान सिंह

काठमाडौं, मंसिर २९ । काठमाडौं क्षेत्र नम्बर –१,प्रतिनिधि सभाको निर्वाचन जितेसँगै सञ्चारकर्मीले कुरा गर्दा रिसाएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले चाँडो चाँडो भन्दा राजीनामा दिनुपर्ने धम्कि दिएका छन् । काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द इभेन्टमा आयोजित ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले सभापति देउवाले सभापति पदबाट हटेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गर्नुपर्ने अड्डी कसे ।

बाह्य मुलुकको उदाहरण दिँदै उनले सभापति तथा प्रधानमन्त्री देउवाले पार्टी राजिनामा दिएर भलो हुने काम गर्नुपर्ने बताए । उनले भने,’विकसित देशमा चुनावमा पार्टी पराजय भयो भने अध्यक्षले राजीनामा दिने प्रचलन छ । अब, उहाँले पनि चाँडो चाँडो भन्दा राजीनामा दिएर पार्टी र देशको भलो हुने काम गर्नुपर्छ ।’

प्रतिनिधि सभा निर्वाचनमा विवेकशिल साझाका उम्मेद्वार रवीन्द्र मिश्रलाई पराजित गरेर प्रतिनिधि सदस्य चुनिएका सिंहले घुमाउरो शैलीमा सभापति देउवाको कारण पार्टीले पराजय बेहोर्नुपरेको आरोप लगाए । ‘कांग्रेस पराजयको कारण पार्टीको मुख्य नेतृत्वको कमजोरीले भएको हो । यसकारण नयाँ राजनीतिक संस्कार बसाल्नका लागि भएपनि सभापतिले राजीनामा दिनुपर्ने हुन्छ ।’ विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ’, उनले भने, ‘नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ। अब छिट्टै सभापतिले पद हस्तान्तरण गर्नुपर्छ ।’

उनले प्रजातन्त्रका लागि संघर्ष गरेको पार्टी नेपाली कांग्रेसको पक्षमा कमजोर र कम्युनिष्टहरुको पक्षमा सुखद नतिजा आउनुमा ठ्रूलो धक्का लागेको दुःख व्यक्त गर्दै काँग्रेसको छवि धमिलिएको बताए । ‘देशमा भएका हरेक आन्दोलनको नेतृत्व गरेको पार्टी हारेको छ,’ उनले भने, ‘अब पार्टीभित्र भएका कमीकमजोरीलाई सच्याएर आगामी निर्वाचनमा यो दाग मेटाउनुपछ । त्यो निर्वाचनमा जसरी हुन्छ हामी एक नम्बरको पार्टी बन्नुपर्छ।’

अर्कातिर काँग्रेस पराजय हुनुमा पार्टीभित्रैबाट अन्र्तघात भएको पनि आरोप लगाए । पार्टीको झोला बोक्ने तर काम अर्कैतिर गर्ने प्रवृत्तिका कारण अहिलेको निर्वाचनमा काँग्रेसले यो अवस्थामा गुज्रनु परेको छ उनले भने,‘राजधानीमै हाम्रो पक्षमा चित्तबुझ्दो नतिजा आएन । यसप्रति सबैले सोच्न जरुर छ ।’ फेरि उनले थपे,‘काठमाडौँ क्षेत्र नं १ को विकासका लागि म सदैव क्रियाशील रहनेछु । मलाई तीनपटकसम्म प्रतिनिधिसभामा जाने अवसर दिनुहुने सबैलाई धन्यवाद दिन चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक