देउवाको आलोचना : दुई महिनाको काम दुई वर्षमा पनि नगर्ने नेतृत्वले पार्टीलाई कसरी गति दिन्छ?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको खुलेरै आलोचना गरेका छन्। नेता कोइरालाले वर्तमान नेतृत्वलाई परिवर्तन नगरेसम्म पार्टी नबन्ने बताए। 

images_cms-image-000045256‘पार्टी तलाउनको पानी जस्तो जमेर बसेको छ, नेतृत्वले पार्टीलाई गति दिन सक्दैन अनि कसरी बन्छ पार्टी?’ उनले भने, ‘पार्टीलाई गति दिने हो भने पहिला नेतृत्व परिवर्तन गर्नुपर्छ।’

दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि गर्न नसक्ने नेतृत्वसँग अझ अपेक्षा गर्ने हो धभने पार्टीलाई थप क्षति हुने उनको भनाई थियो। ‘दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको छैन’, उनले भने, ‘पार्टी हारेको होइन व्यक्ति हारेको भन्दै हुनुहुन्छ सभापति ज्यु, जबसम्म उहाँले पार्टी हारेको हो त्यसको जिम्मेवारी सभापतिको हैसियतले मैले लिन्छु भन्नु हुन्न त्यो दिनसम्म पार्टी अघि बढ्न सक्दैन।’

उनले सभापति देउवा मार्गप्रसस्त गर्ने ठाउँमा आइपुगेको भन्दै तत्काल महाधिवेसन गरेर पार्टीलाई जीवन्त बनाउन उनले माग गरे। प्रधानमन्त्री ओलीको भारत भ्रमणमा उहाँको व्यक्तिगत सम्बन्ध सुधार र केही मात्रामा नाकाबन्दीपछि विग्रिएको दुई देशको सम्बन्धमा केही सुधार भएको भन्दै उनले भ्रमणमा नयाँ केही नभएको बताए। ‘भारतसँग विसग्रएको सम्बनधमा ओलीजीले केही सुधार गर्नुभयो’, उनले भने, ‘त्यो भन्दा नयाँ कुरा केही भएजस्तो लाग्दैन।’ उनले भारतले रेलमार्ग निर्माणका लागि डेढवर्ष अगाडि नै ७८ करोड बजेट छुट्याएको भन्दै रेलमार्गको कुरा नयाँ नभएको दावी गरे।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने