दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै

भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

यस बीचमा आठ पटक यातायात कार्यालय धाए तर प्रिन्ट भएको छैन भन्दै फर्किनुप¥यो । बुधबार यातायात व्यवस्था विभाग नयाँ बानेश्वरमा लाइन बसेर लाइसेन्स लिएका नगरकोटीले खुसी व्यक्त गर्न भने सकेनन् ।

उनको भनाइ थियो– दुई वर्षमा पुरानो लाइसेन्स पाइयो, आठ÷दस पटक आए हुँला तर प्रिन्ट भएको छैन भन्दै फर्काइदिन्थे, आज पनि पाइन्छ भन्ने खासै आश थिएन तर प्रिन्ट भएको रैछ, बल्लबल्ल ट्रायल उत्तीर्ण गरियो लाइसेन्स पाइन्छ दुई वर्षपछि, सम्झिँदा मलाई त हाँसो पो लाग्छ ।

यातायात व्यवस्था विभागले माग अनुसार लाइसेन्स वितरण गर्न नसकेपछि प्रिन्ट गर्न बाँकी लाइसेन्सको सङ्ख्या अहिले सात लाख पुगेको छ । यो सङ्ख्या दुई वर्षदेखि लाइसेन्स कुर्न बाध्य छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण