January 3, 2018

मेरो भूमिका कार्यकारी हुनुपर्छ : प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफ्नो भूमिका कार्यकारी हुने बताएका छन्।

प्रचण्डले पार्टी एकताका लागि अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद माओवादीका लागि हुनुपर्ने तर्क पार्टी बैठकमा गर्दै आएका छन्। तर, बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरूसँगको कुराकानीमा प्रचण्डले दुवै नेताको कार्यकारी भूमिका हुनुपर्ने धारणा राखेका हुन्।

पत्रकारले प्रचण्डलाई –  ‘तपाई पार्टी अध्यक्ष नभएसम्म एकता हुँदैन भन्ने छ नि?’ भन्ने जिज्ञासा राखेका थिए।

जवाफमा प्रचण्डले भने – ‘त्यो कुरा सहि होइन।’

‘पार्टी एकता संयोजन समितिमा दुई नेता भनिएको छ। दुई नेताको भूमिका कार्यकारी भूमिका हुनुपर्छ भन्ने कुरामा विवाद छैन’, प्रचण्डले भने, ‘त्यो कुरालाई औपचारिक रूप दिन मात्र बाँकी छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा