दिल्लीद्वारा मुम्बई पराजित, सन्दीपको खातामा थप ३ विकेट

दिल्ली (एजेन्सी) – भिभो आइपिएल २०१८ अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयरडेभिल्सले मुम्बई इन्डियन्सलाई ११ रनले हराएको छ । यस हारसँगै मुम्बई प्रतियोगिताबाट बाहिरिएको पनि छ । अघिल्लो दुई खेलमा दुई विकेट लिएका सन्दीपले यस खेलमा ३ विकेट हात पारे ।

पहिलो इनिङ्समा दिल्लीका लागि आकर्षक लयमा रहेका रिशभ पन्तले सर्वाधिक ६४ रन जोडे । उनले ४४ बलको सामना गर्दै ४ छक्का पनि प्रहार गरे । त्यस्तै मिडल-अर्डरका विजय शंकरले अवजित ४३ खेले भने ग्लेन म्याक्सवेल २२ रनमा आउट भएका थिए ।

१ सय ७५ रनको लक्ष्य पछ्याएको मुम्बई १ सय ६३ रनमा अल-आउट हुन पुग्यो । उसका लागि इभिन लुविसले सर्वाधिक ४८ रन र हार्दिक पाण्डेयले २७ रन बनाए । अन्त्यमा बेन कटिङले आक्रामक पारी खेल्दै ३७ रन जोडे पनि मुम्बईलाई जित दिलाउन सकेनन् । दिल्लीका लागि अमित मिश्र, हर्सल पटेल र सन्दीपले ३-३ विकेट लिए ।

पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले आफ्नो चौथो बलमा विकेट लिएका थिए । पहिलो र दोस्रो बलमा चौका र छक्का खाए पनि चौथो बलमा सन्दीपले सुर्यकुमार यादवको विकेट लिन सफल भए । आफ्नो दोस्रो स्पेलको पहिलो बलमै उनले विश्व क्रिकेटका आक्रामक ब्याट्सम्यान केरन पोलार्डको विकेट लिए ।

आफ्नो दोस्रो ओभरकै चौथो बलमा उनले क्रुनल पाण्डेयलाई आउट पारे । सन्दीपको तीनै विकेट क्याच आउटमार्फत भएको हो । आफ्नो तेस्रो ओभरमा भने सन्दीप केही महँगो सावित हुँदै १३ रन दिन पुगे ।

आफ्नो अन्तिम ओभरमा पुन: कसिलो बलिङ गर्दै उनले केवल ४ रन दिए । उनले आफ्नो ४ ओभरमा ३ विकेट लिंदै ३६ रन दिए । अघिल्ला दुई खेलभन्दा सन्दीप आज केहि खर्चिलो भने सावित भए । आफ्नो पहिलो खेलमा बैंग्लोरविरुद्ध पार्थिव पटेलको विकेट लिँदै २५ रन दिएका सन्दीपले दोस्रो खेलमा सुरेश रैनाको विकेट लिँदै केवल २१ रन दिएका थिए । आफ्नो ३ खेलमा उत्कृष्ट बलिङ गर्दै सन्दीपले ५ विकेट लिंदै आकर्षक व्यक्तिगत सिजन अन्त्य गरेका छन् । ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति