दाङमा बन्दुक बनाउने कारखानामा प्रहरीको छापा

दाङ,माघ २० : दाङमा प्रहरीले ठूलो परिमाणमा हतियार बरामद गरेको छ।

नेपाल–भारत सीमा नाका अन्तरगतको दाङको भौवा नाकाबाट गएराति प्रहरीले ठूलो परिमाणमा हातहतियार फेला पारेको हो।

‘त्यहाँ त हतियार बनाउने कारखाना नै रहेछ,’एक प्रहरी अधिकारीले भने ‘त्यहीँबाट हतियारको कारोबार हुँदो रहेछ।’

भौवा नाकामा अवैधरूपमा हातहतियार बनाइने भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाले गएराति हतियार बनाउने कारखानमा छापा मारेको ती प्रहरी अधिकारीले जानकारी दिए।

राजपुर गाउँपालिका वडा नं. ७ मा भौवा नाका अवस्थित छ। यही नाकाबाट हातहतियार नेपालमा भित्रने गरेको, चोरी शिकारी बढेको तथा गुन्डागर्दी गर्नेदेखि विप्लवका कार्यकर्ताले पनि हातहतियार यही नाकाबाट ओसार प्रसार गर्दै आएको प्रहरीको दाबी छ।

प्रहरी स्रोतका अनुसार प्रहरीले एकै स्थानबाट ७ थान भरुवा बन्दुक, दुई दर्जन बढी बन्दुक बनाउन प्रयोग गरिने नाल, एउटा रिभल्वर (सिक्सर पेस्तोल) र एउटा नलकटवा पेस्तोल बरामद गरेको छ।

दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले पनि ठूलो सो तथ्य सही भएको जिकिर गरे।

उनले यसबारे दिउँसो पत्रकार सम्मेलनमार्फत् थप विवरण सार्वजनिक गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने