दशैंको मुखैमा पूर्वराजामाथि किन खनिए प्रधानमन्त्री ओली ?

मुलुकमा राजतन्त्र अन्त्य भएको लामो समय भैसकेको छ । गणतन्त्र स्थापना सँगै जनताले शान्ति र समृद्धिको अपेक्षा गरेका थिए । तर, जनचाहना विपरित नेताहरूका क्रियाकलापले जनमानसमा निराशा छाउँदै गएको छ।

पछिल्लो समय देशमा राष्ट्रियता समेत कमजोर हुँदै गएको छ । राजतन्त्रको अन्त्य भएपनि तत्कालीन राजाहरूले राष्ट्र र राष्ट्रियताका पक्षमा खेलेको भूमिका जनमानसमा ताजै छ।  

असफलता उन्मुख रहेका वर्तमान राजनीतिक नेतृत्वले असफलताको अभिव्यक्ति दिनु कुनै नौलो कुरा होइन् । जसलाई धेरैले आफ्नो कमजोरी लुकाउन दिइने भाषण भनेर टिप्पणी गर्ने गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय  पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्धको अभिव्यक्तिलाई पनि यसैको  निरन्तरता भनेर टिप्पणी थालिएको छ ।  प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रलाई अशोभनीय अभिव्यक्ति नदिन  चेतावनी दिएका हुन।

सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताएका थिए।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका थिए,‘ राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशोभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन, ‘यो भन्दा बढी म भन्न चाहन्न्।’

पूर्व राजाशाहले वर्तमान राजनीतिक नेतृत्व असफल हुँदै गएको प्रति सङ्केत गर्दै बेलाबेलामा अभिव्यक्ति दिदैँ आएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक