दबाबमा मेस्सी, आजको खेलमा क्रोएसियालाई जित्नैपर्ने !

रसियामा जारी विश्वकपअन्तर्गत आज समूह ‘डि’ को अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । अर्जेन्टिनाले समूह चरणको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग निज्याहुँ नभग्रोर्डा रंगशाला प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाली समयअनुसार राति ११ बजेर ४५ मिनेटमा खेल सुरु हुनेछ ।

यसअघि समूह चरणको पहिलो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग बराबरी खेल्दै अंक बाँडेको थियो । अर्जेन्टिनाले डेब्यु टिम आइसल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । यता, क्रोएसियाले भने नाइजेरियालाई पराजित गरेको थियो । क्रोएसियाले नाइजेरियालाई २—० गोलले पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो ।

नकआउट चरणमा पुग्ने सम्भावनालाई कायमै राख्न अर्जेन्टिनालाई जित्नैपर्ने दबाब छ । त्यसो त, विश्वचर्चित खेलाडीले भरिभराउ भएको अर्जेन्टिना बलियो टिम हो । यद्यपी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आइसल्याण्डविरुद्धको पेनाल्टीमा चुकेका थिए ।
कप्तान मेस्सीलाई रोक्न क्रोएसियाका खेलाडीलाई निकै मुस्किल हुने छ । तर क्रोएसिया पनि कमजोर टिम भने होइन ।

हेड टु हेड
 

अर्जेन्टिना र क्रोएसियाबीच अहिलेसम्म ४ पटक भेट भएको छ । ३ वटा मैत्रीपूर्ण खेल खेलमा र एक पटक विश्वकप यी दुई टिमले प्रतिस्पर्धा गरेका छन् । पहिलो पटक सन् १९९४ मा अर्जेन्टिना र क्रोएसियाबीच भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरीमा सकिएको थियो । सन् १९९८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियालाई १—० गोलले पराजित गरेको थियो ।

त्यस्तै, सन् २००६ मा भएको मैत्रिपूर्ण खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३—२ गोलले पराजित गरेको थियो भने, २०१४ मा भएको अर्को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले क्रोएसियालाई २—१ गोलले पराजित गरेको थियो । 

‘विश्वकप नजिते पनि मेस्सी सधैं उत्कृष्ट खेलाडी नै हुन्’ 
 

यसैबीच अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले रसिया विश्वकपमा समुह चरणको पहिलो खेलमा आइसल्याण्डसँग पेनाल्टीमा चुकेपछि उनको आलोचना भइरहेको छ । यहि प्रसंगलाई लिएर अर्जेन्टिनाका पूर्व स्ट्राइकर हेर्नान क्रेस्पोले मेस्सीले सधैँ उत्कृष्ट खेलाडी भएको बताएका छन् । 

बीबीसीसँगको कुराकानीमा क्रेस्पोले सर्वोत्कृष्ट खेलाडी भएको दाबी गरे । उनले भने “स्मरणमा धेरै त्यस्ता खेलाडी छन् जसले विश्वकप जिताउन सकेनन तर, सधैँ महान भइरहे । हो, मेस्सी एकदमै उत्कृष्ट खेलाडी हुन् । मलाई उनले खेलेको हेर्न मन पर्छ र मेस्सीले विश्वकप ट्रफि डिजर्भ गर्ने हैसियत राख्छन् ।”

उनले थपे “यदी उनले विश्वकप जिते भने उत्कृष्ट हुनेछन् तर, विश्वकपको उपाधि नजितेपनि उनी उत्कृष्ट खेलाडी नै रहिरहने छन  । 

आइसल्याण्डसँग बराबरी भएपछि ‘अपमान गरिएको’ भन्दै अर्जेन्टिनाका फुटबल लिजेन्ड डिएगो म्याराडोनाले अर्जेन्टिनाका प्रशिक्षक जर्ज सामपावलीको आलोचना गरेका थिए ।
चौथो विश्वकप खेल्दै गरेका मेस्सीकै भरमा अर्जेन्टिना विश्वकपमा सहभागि भएको छ ।  अर्जेन्टिना सन् २००६ र २०१० मा क्वाटरफाइनलसम्म  पुगेको थियो । अर्जेन्टिना सन् २०१४ मा मेस्सीकै कप्तानीमा फाइनलसम्म पुगेको थियो भने, फाइनलमा जर्मनीसँग पराजित हुँदै उपविजेता बनेको थियो । 

क्रेस्पो अर्जेन्टिनाका सर्वाधिक गोल गर्ने खेलाडी मध्येमा तेस्रो स्थानमा पर्छन् । उनले ६४ खेल खेल्दै ३५ गोल गरेका थिए । 

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी मेस्सी फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका हुन् । उनले करिअरकै पहिलो विश्वकप २००६ मा सर्वियाविरुद्ध १ गोल गरेका थिए । उनको त्यो गोल विश्वकपमा पहिलो गोल थियो ।

सन् २०१० मा अर्जेन्टिनाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्दा  नियमित कप्तान जाभियर मासिरानोको अनुपस्थितिमा मेस्सीले कप्तानीको भूमिका निर्वाह गर्ने अवसर पनि पाएका थिए । विश्वकपमा अर्जेन्टिना त्यसबेला क्वाटरफाइनल पुगेपनि मेस्सीले भने एक गोल पनि गर्न सकेनन् । क्वाटरफाइनलमा अर्जेन्टिना जर्मनीसँग ४–० गोलअन्तरले पारजित भएको थियो ।

सन् २०१४ को विश्वकप भने अर्जेन्टिनाले मेस्सीकै कप्तानीमा खेल्यो र उपविजेतासम्म पुग्यो । तेस्रो पटक विश्वकप खेल्दै गरेका मेस्सीले यो पटक भने ५ गोल गर्न सफल भएका थिए । उनले समूह चरणमा बोस्निया र इरान विरुद्ध १–१ गोल गरेका थिए भने नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । 

त्यस्तै, मेस्सीले अर्जेन्टिनालाई फाइनलमा पुर्याउँदा नेदरल्याड्सविरुद्धको सेमिफाइनलको पेनाल्टी सुटआउटमा १ गोल गरेका थिए । फाइनलमा जर्मनीसँग १–० गोलअन्तरले अर्जेन्टिना पराजित भएपछि आफ्नो देशलाई आफ्नै कप्तानीमा विश्वकपको उपाधि दिलाउने मेस्सीको सपना समाप्त भएको थियो । विश्वकप २०१४ को सर्वोत्कृष्ट खेलाडी बन्दै गोल्डेन बुट जितेपनि आफ्नो टिमलाई उपाधि दिलाउन भने असक्षम रहेका थिए ।

मेस्सीलाई फेरि पनि अर्को सुनौलो मौका मिलेको छ विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउने । मेस्सीको लागि यो अन्तिम मौका पनि हो । यो पटक भने उनी विश्वकपको उपाधि आफ्नो टिमलाई दिलाउन कतिको सक्षम छन् त ? 
तर यसअघि भएको खेलमा भने उनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । 

मेस्सी सन् १९९४ मा पहिलो पटक न्यूवेल वल्ड ब्वाइज फुटबल क्लबमा आवद्ध भएका थिए । त्यसपछि २००१ देखि स्पेनिस फुटबल क्लब बार्सिलोनामा आवद्ध भए । अहिलेपनि मेस्सी बार्सिलोनामै आवद्ध छन् । बार्सिलोनाबाट थुप्रै विश्व कीर्तिमानी गोल गरेका मेस्सी अर्जेन्टिनाका सिनियर टिमबाट ६३ गोल गसिकेका छन् ।

मेस्सीले सन् २०१६ मा कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि अन्तर्राष्ट्रिय खेलबाट राजीनामा दिने निर्णय गरेका थिए । जुन महिनामा सन्यास घोषणा गरेका मेस्सीले सेप्टेम्बरमा सन्यास फिर्ता लिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।