May 4, 2018

दक्षिणकाली-रत्नपार्क रूटमा आजदेखि १४ नयाँ बस (भिडियोसहित)

दक्षिणकाली नगरपालिकाले  दक्षिणकाली-रत्नपार्क रुटमा १४ वटा नयाँ बस चलाउन थालेको छ। नगरपालिकाले संयोजनमा शुक्रबार साँझदेखि बस चल्न थालेका हुन्।बल्खुमा काठमाडौं- १० का सांसद राजन केसी  र दक्षिणकालीका मेयर मोहन बस्नेतले बस सेवाको उद्घाटन गरे।नगरपालिकाले अग्रसरता लिएर सो क्षेत्रका यातायात व्यवसायीसँग मिलेर नयाँ बस सञ्चालनमा ल्याइएको मेयर बस्नेतले सेतोपाटीलाई जानकारी दिए।लामो समयदेखि दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा आज पूरा भएको उनले बताए।‘धेरै प्रयासपछि यो अवसर जुरेको हो। आजकै दिनदेखि सुरु गर्ने पूर्वनिर्धारित योजना नभए पनि हामीले सुरू गरेका हौं,’ उनले भने, ‘दक्षिणकालीका जनताको नयाँ बस चढ्ने इच्छा पूरा भएको छ।बस सञ्चालनमा नगरपालिकाले संयोजनमात्र गरेको  र नयाँ बसको कम्पनी छिटै दर्ता हुने उनले जानकारी दिए।

नगरपालिकामा ५० वटा बस आवश्यक भए पनि पहिलो चरणमा १४ वटा सञ्चालन  ल्याइएको बस्नेतले बताए।‘हेटौंडातिर जाने सुमो पनि दक्षिणकालीबाट छुट्ने व्यवस्था गर्दैछौं, त्यसका लागि पनि नयाँ बस चलाउन आवश्यक छ,’ मेयर बस्नेतले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्