June 14, 2020

थपिए ४ सय २५ संक्रमित , संक्रमितको संख्या ५७६० पुग्यो 

 Jageshwor-Gautam-

 

काठमाडौं, ३२ जेठ । आइतबार नेपालमा एकैदिन ४ सय २५ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ ।

नयाँ संक्रमित मध्ये ३७५ जना पुरुष र ५० महिला रहेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

हालसम्म ९ सय ७४ जना डिस्चार्ज भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कुल ९७४ जना डिस्चार्ज भएका छन् भने १९ जनाको मृत्यू भएको छ ।

प्रवक्ता गौतमका अनुसार आइतबारसम्म १ लाख ३३ हजार ३७७ पिसिआर परीक्षण भएको छ भने २ लाख १० हजार ७२१ आरडिटी परीक्षण भएको छ ।

अहिलेसम्म १ लाख ४३ हजार ६४१ जना क्वारेन्टाइनमा रहेका छन् भने ४ हजार ७६७ जना आइसोलेसनमा रहेका छन् ।

आइतबार रुकुम जिल्लामा पनि कोरोना देखिएसँगै ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी