त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको जहाज चिप्लियो, उडान–अवतरण ठप्प

यति एयरलाइन्सको एटीआर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको छ। नेपालगञ्जबाट आएको फ्लाइट नं. एनवाइटी-४२२ एटीआर ७२–५०० सो जहाजमा ३ जना चालक दल सदस्यसहित ६६ जना यात्रु थिए। २ जना शिशु समेत सवार यतिले जनाएको छ।

biratnagar-airport

सबै सकुशल रहेको कम्पनीले दाबी गरेको छ। विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजमा चढेर आएका दुई जना घाइते भएका छन्। अन्य यात्रुलाई सकुशल उद्धार गरिएको छ। 

 करिब ११ बजे ९एन- एएमएम कसाइन भएको जहाज चिप्लिएपछि विमानस्थलमा रहेका ३ वटा दमकल परिचालन गरिएको उनले बताए। अहिले थप उद्धार कार्य भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान–अवतरण ठप्प

चिप्लिएको जहाज धावनमार्गमै रहेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तथा अवतरण ठप्प भएका छन्। 

काठमाडौंतर्फ आइरहेका अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिएका छन्। दुबईबाट आएको नेपाल एयरलाइन्सको ९ एन एएलवाई जहाज दिल्ली डाइभर्ट गरिएको छ। दिल्लीबाट आएको रोयल भुटान एयरलाइन्सको जहाज थिम्पुस्थित पारो डाइभर्ट भएको छ। बैंककबाट आएको थाइ एयरवेजको टीजी ३१९ उडान ढाका डाइभर्ट  गरिएको छ।

यो बाहेक करिब दर्जन अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन्। धावनमार्गमा रहेको जहाज हटाउन प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा

आजदेखि सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको रिटमा सुनुवाइ हुँदै

मङ्सिर ४काठमाडौँ। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।