तेस्रो विश्व युद्धको तयारीमा रुस

nuclear

एजेन्सी, २८ असार । रुसले संभावित तेस्रो विश्व युद्धलाई ध्यानमा राख्दै अत्याधुनिक प्रकृतिको आणविक रेलमार्ग बनाउन सुरु गरेको छ । उक्त रेलमार्गबाट विश्वको कुनै पनि क्षेत्रमा हाइड्रोजन बम प्रहार गर्न सकिने बताइएको छ ।

 

मालसामान ढुवानी गर्ने रेलमार्ग जस्तो देखिने नयाँ रेलमार्गको नाम बार्गुजिन राखिएको मेट्रो समाचारले जनाएको छ । यो रेलमार्गमा चल्ने हरेक ट्रेनमा ६ वटा थर्मोन्युक्लियर क्षेप्यास्त्र प्रहार गर्ने क्षमता रहने छ । गोप्य रूपमा चल्ने यो मार्गलाई कुनै पनि आक्रमणबाट ध्वस्त गर्न नसकिने पनि जनाइएको छ ।

 

आणविक शक्ति सम्पन्न राष्ट्र रुसले ‘शैतान–२’ नामको खतरनाक क्षेप्यास्त्र बनाउने पनि बताएको छ । यो नयाँ क्षेप्यास्त्रले १० वटासम्म वारहेड बोक्न सक्ने छ जसले औसत क्षेत्रफलको कुनै पनि मुलुकलाई तहसनसह गर्न सक्छ । यो क्षेप्यास्त प्रति सेकेण्ड ७ किलोमिटरका दरले उड्न सक्ने छ । रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक प्रणाली विकास गर्न लागेको रुसी पत्रिका प्राभ्डालाई जानकारी दिएका छन् । अमेरिकासँग तनाव बढ्दै गएका कारण यस्तो गर्न लागिएको उनले बताए ।

नयाँ आणविक प्रणालीले भविष्यमा हुने कुनै पनि युद्धबाट रुसलाई सुरक्षित राख्ने त्यहाका अधिकारीले बताएका छन् । तर पश्चिमा मुलुकले भने राष्ट्रिय सुरक्षाका नाममा रुसले तेस्रो विश्व युद्धको तयारी गरिरहेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण