March 14, 2018

तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिक्किममा

तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन सिक्किममा हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रको र अनेसास सिक्किम च्याप्टरको आयोजनामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यही चैत १० र ११ गते भारतको सिक्किममा तेस्रो अन्तर्राष्ट्रिय महिला सम्मेलन आयोजना हुने भएको हो । 

सम्मेलनकी संयोजक तथा अनेसास सिक्किम च्याप्टरकी अध्यक्ष डा। पुष्प शर्माका अनुसार सम्मेलनमा सिक्किमका मूख्यमन्त्री पवन चामलिङको प्रमुख अतिथ्यता रहनेछ । अनेसास केन्द्र महिला समितिकी सदस्य तथा अनेसास अष्ट्रेलियाकी अध्यक्ष सानु घिमिरेका अनुसार नेपाल तथा भारतमा रहेका विशिष्ट नेपाली साहित्यकारको उपस्थिति रहने उक्त सम्मेलनमा नेपालबाट ५० जाना तथा अन्य २० देशबाट अनेसास प्रतिनिधीहरुको सहभागिता रहनेछ । 

सम्मेलनमा बरिष्ठ नेपाली साहित्यकार तथा विभिन्न देशमा रहेका प्रवासी नेपाली साहित्यकारहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ । 

यसअघि अनेसासले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन अमेरिकाको न्यूयोर्कमा भएको थियो भने दोश्रो सम्मेलन अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी