तीन वर्षीया बालिकाको मुखमा पटका पड्काएपछि ……..

नयाँ दिल्ली, २४ कात्तिक : भारतको उत्तर प्रदेशमा एक बालिकाको मुखमा पटका पड्काइएको छ । दीपावलीको उत्सव चलिरहेको बेला गाउँकै एक युवकले ३ वर्षीया बालिकाको मुखमा जबर्जस्ती पटका पड्काएका हुन् ।

गत सोमबार राति तीन वर्षीया बालिका आयुषी घरमा खेलिरहेकी थिइन् । गाउँकै हरपाल नाम भएका एक युवकले उनको मुखमा जबर्जस्ती पटका राखेर पड्काइदिए र त्यहाँबाट भागे ।

मेरठ जिल्लाको मिलक गाउँमा यस्तो घटना घटेपछि बालिकाका पिताले सरधना प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपीविरुद्ध हत्या प्रयासको मुद्दा चलिरहेको छ ।

प्रहरीका अनुसार मुखमा पटका विष्फोट भएपछि आयुषी गम्भीर घाइते भएकी छन् । विष्फोटको आवाज सुनेपछि परिवारका सदस्य आत्तिँदै बालिका भएतिर आएका थिए । बालिकाको अनुहार गहिरो चोट छ भने अनुहारमा आधा दर्जनभन्दा धेरै टाँका लगाइएको छ । उनी चिन्ताजनक अवस्थामा जीवनका लागि संघर्ष गरिरहेकी छिन् ।

हरपालले बालिकालाई चक्लेट दिने बहानामा आयुषीको मुखमा पटका राखेर आगो सल्काइदिएका हुन् । पीडाले छट्पटाइरहेकी बालिकालाई परिवारले तत्काल अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी