१८ जेठ, काठमाडौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ७ दिनको समय सकिएपछि अब बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुनिने भएका छन् । अहिलेसम्म प्रधानमन्त्रीको दौडमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मात्र देखिएका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीका लागि दाबी गरिरहेको छैन । तर, देउवालाई सहजै प्रधानमन्त्री बन्न दिने सोचमा पनि एमाले छैन । निर्वाचन अगाडि सरकार गठन हुन नदिन एमाले कम्मर कसेर लागेको छ ।
यसअघि प्रधानन्यायाधीशविरुद्धको महाअभियोग फिर्ता लिनुपर्ने माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको थियो । पछिल्लो समय भरतपुरमा मतपत्र च्यातिएपछि अब यसैलाई कारण देखाउँदै एमालेले संसद अवरुद्धलाई निरन्तरता दिन थालेको छ ।
यही कारणले आजबाट बहुमतीय प्रक्रिया सुरु हुने भएपछि देउवा अब तीन दिनभित्र प्रधामन्त्री बल्लान् की नबन्लान् भन्ने प्रश्न उठ्न थालेको छ ।
यसअघि केपी ओलीले राजीनामा गरेको १० दिनभित्र प्रचण्ड बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चुनिसकेका थिए । तर, के देउवा पनि यसरी नै समयमैं प्रधानमन्त्री बल्लान् की नबन्लान् भन्ने प्रश्न उठ्न थालेको हो ।
बुधबार जस्तै बिहीबार पनि एमालेले संसद बैठक अवरुद्ध गरेको छ । भरतपुरको विषय टुंगो नलागेसम्म देउवालाई सहजै प्रधानमन्त्री हुन दिने पक्षमा एमाले छैन ।
एमालेले भरतपुरको विषयलाई इगो नै बनाइसकेको छ । उसले प्रष्टै रुपमा भरतपुरको विषय नटुंगिंदासम्म संसद चल्न नदिने बताइसकेपछि माओवादीको समर्थनमा देउवाको प्रधानमन्त्री बन्ने सम्भावना केही दिन पर धकेलिने निश्चितजस्तै छ ।
आयोगले पुनः मतगणना गर्ने वा मतदान गर्ने टुंगो नलगाएसम्म देउवालाई प्रधानमन्त्री हुने नखुल्ने भएको हो ।
राष्ट्रपतिले बहुमतीय प्रक्रियाको लागि आह्वान गरिसकेकी छिन् । यस्तो हुँदा अबको तीन दिनभित्र देउवालाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । तर, एमाले भरतपुरको विषयमा आएको निर्णयपछि लिने बाटोेले देउवा कहिले प्रधानमन्त्री बन्छन् भन्ने टुंगो लाग्नेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।