तल्ला तहको पार्टी एकीकरण असोज २१ गते टुंगिन्छ : अध्यक्ष प्रचण्ड

गोरखा, २० असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरणमा कुनै समस्या नभएको भन्दै असोज २१ गते आइतबार बोलाइएको सचिवालय बैठकले धेरै विषय टुङ्ग्याउने बताए । 

 

प्रेस सङ्गठन नेपाल गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टी एकतालाई प्रदेश, जिल्ला र गाउँतहसम्म सम्पन्न गर्न आइतबार पार्टी सचिवालयको बैठक बोलाइएको जानकारी दिए  । 

 

‘प्रचण्ड’ले  भने, “पार्टी एकतालाई सम्पन्न गर्ने र टुङ्ग्याउने सवालमा हामी कुनै त्यस्तो ठूलो समस्या छैन, आइतबारको बैठकबाट त्यो प्रक्रिया अगाडि बढ्छ, अब छिट्टै कार्यक्रम बनाएर देशभरि अभियानका रुपमा लैजाने समझदारी भइसकेको छ ।” 

 

सरकारले आफ्ना क्रियाकलापलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले भने, “पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घटना, महङ्गी र भष्टाचार नियन्त्रणका लागि अझै प्रभावकारी ढङ्गले काम गर्न प्रतिबद्ध छौँ ।” ‘प्रचण्ड’ले  ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्न अब काम गरेर देखाउनुपर्ने बेला आएको बताए  । 

 

फरक एक प्रसङ्गमा अध्यक्ष दाहालले भूपरिवेष्टित देशका रुपमा चिनिने नेपालको परिभाषा अब छिट्टै परिवर्तन हुने बताए  ।

 

“नेपाललाई यसअघि भूपरिवेष्टित देश भनेर चिनिन्थ्यो, अब चीन र भारत दुवै देशसँगको सीमाना हुँदै रेल मार्ग जोडिँदै छ, त्यसैले अब नेपाल ल्याण्ड लक होइन, छिट्टै ल्याण्ड लिङ्क कन्ट्रीका रुपमा चिनिनेछ ।” 

 

प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा दुई देशबीच व्यापार तथा पारवहन सम्झौता भएको उल्लेख गर्दै ‘प्रचण्ड’ले  सो सम्झौता नेपालका लागि ठूलो उपलब्धि भएको बताए  । चीनको चार बन्दरगाह नेपालले व्यापारका लागि प्रयोग गर्न पाउन नेपालीका भाग्य र भविष्य सकारात्मक दिशा जाने अवस्था पैदा भएको अध्यक्ष दाहालको भनाइ छ । 
‘प्रचण्ड’ले  भने , “भारतबाट पनि रेल ल्याएर राजधानी जोड्ने र चीनबाट पनि रेल ल्याएर राजधानी जोड्न जस्ता प्रक्रिया अघि बढ्नु तत्कालका लागि नभए पनि दीर्घकालीन हिसाबले सकारात्मक छ ।” अहिले सडकका खाल्डो पुर्ने मात्र नभएर निकै ठूला–ठूला कामसमेत भएको भए पनि प्रतिपक्षले नकारात्मक कुरा मात्र बढी उठाएको अध्यक्ष दाहालले बताए  । 

 

नेपाल च्याम्बर अफ कर्मस गोरखाका आयोजनामा आजदेखि शुरु हुने भएकोे दशैँ सस्तो बजार एवं सडक मेला २०७५ को उद्घाटन गर्न ‘प्रचण्ड’  पुगेका हुन् । मेलाको उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन विकासका लागि गोरखाको ऐतिहासिक महत्व बोकेका स्थलहरुको प्रचार–प्रसार गर्नु आवश्यक रहेको बताए  । ‘प्रचण्ड’ले गोरखाको पालुङटारमा रहेको विमानस्थल खुलाउन पहल आवश्यक भएको बताए  । 

 

“सार्वजनिक र निजी क्षेत्रसँग राम्रो सहकार्य गरेर मात्रै आर्थिक विकास जनताको चाहनालाई पूरा गर्न सकिन्छ,” ‘प्रचण्ड’ले भने, “त्यसमा सहकारीलाई पनि सँगसंँगै लैजानुपर्छ ।” अहिले नेपाललाई चाहिएको विकास नै हो भन्नेमा सरकार र प्रतिपक्ष कसैको पनि विमति नभएको भन्दै अध्यक्ष दाहालले यो अवसरलाई कसैले गुम्न दिन नहुनेमा जोड दिए  । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक