March 9, 2018

तरकारीमा विष, खसीमा संगिनी सुई, माछामा फर्मालिन

बिर्तामोड, फागुन २५ । उत्पादक र उपभोक्ताले अब विषादि न्यूनीकरणमा सचेत बन्नुपर्नेमा बुधवार बिर्तामोडमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । कृषि मन्त्रालयको बाली संरक्षण निर्देशनालय र राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय समितिको सहकार्य तथा राष्ट्रिय उपभोक्ता मञ्च झापाको आयोजनामा भएको विषादि न्यूनीकरण सचेतना कार्यशालाका विज्ञ तथा सहभागी वक्ताले त्यस्तो कुरामा जोड दिएका हुन् । अहिले उपभोक्ता र उत्पादकले पनि जथाभावी विषादिको प्रयोग र उपभोग गरिरहेको भन्दै बाली संरक्षण निर्देशनालयका निर्देशक अच्युत ढकालले अब सचेत बन्नुपर्ने बताए । कार्यपत्र प्रस्तुत गर्दै ढकालले समयमै सचेतता नअपनाउने हो भने मानिसले विषादि सेवनका कारण गम्भीर रोगको शिकार भई अकाल मृत्युवरण गर्नुपर्ने बताए । प्रमुख अतिथि समेत रहेका ढकालले गमलामा रहेको विरुवामा पानी सिञ्चन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले तरकारी बारीमा कडा खाले विषादि प्रयोग, खसी र सुँगुरमा संगिनी सुइ, कुखुरामा एन्टीवायोटिक र भारतबाट आयात हुने माछामा फर्मालिङ जस्ता घातक पदार्थको प्रयोगले मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड भइरहेको बताए । महर्जनले मासुको तौल बढाउन संगिनी सुइको प्रयोग भएको र यसले मानिसमा बाँझोपनका साथै अन्य थुप्रै समस्या देखाउन थालेको बताए । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बरिष्ठ कलाकार लय संग्रौला, बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नं. १का अध्यक्ष अग्निप्रसाद पाण्डेले विषादिमुक्त अभियान सञ्चालन र अग्र्यानिक उत्पादन तथा उपभोगमा जोड दिए ।

कार्यक्रममा सहायक प्रमुख जिलला अधिकारी कृष्णचन्द्र पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय सचिव गोविन्द सुवेदीले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै उत्पादकदेखि उपभोक्तासम्म सचेत हुनुपर्ने र अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता गर्दै राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदन गोपाल सुब्बाले विषादि न्यूनीकरणका लागि जनचेतना अभियानलाई गाउँ र घर–घरसम्म पु¥याउनुपर्ने बताए । कार्यपत्र प्रस्तुतिपछि सहभागीहरुले विज्ञहरुलाई विभिन्न विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रमको सहजीकरण राष्ट्रिय उपभोक्ता मञ्च झापाका सहसचिव एकराज गिरीले गरेका थिए । कार्यक्रममा झापाका विभिन्न क्षेत्रका प्रतिनिधि, विद्यार्थी, सञ्चारकर्मी गरी एक सयभन्दा बढीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि