‘ढुक्क भएर मतदान गर्नुहोस्, सबै व्यवस्था हामीले मिलाएका छौं’:गृहमन्त्री शर्मा

काठमाडौं, १२ असार । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार (असार १४)गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदानगर्नको लागि आम मतदाताहरुलाई आह्वान गरेका छन् । उनले भने,‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरेको छ, त्यसो भएको हुँदा सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मतदान अधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाईसकेको बताएका हुन् । उनले भने,‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन र आम मतदाताहरुलाई ढुक्क भएर मत हाल्नको लागि म यही मञ्चबाट अपिल गर्छु, निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारीदेखि लिएर आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाईसकिएको छ, अब मतदान केन्द्रमा कुनै समस्या छैन।’

मतदाताहरुलाई मतहाल्न जाँदाकुनै बाधा, अबरोध नआउनेबारे आश्वस्त पार्दै भने,‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनुहुनेछ, त्यसको लागि तपाईहरुलाई जस्तोसुकै सुरक्षा दिनपनि सरकार तयार छ ।’
उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्न भएकोले सुरक्षा योजनाथप परिस्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए । उनले भने,‘सुरक्षामा अब कुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन्, मतगणना गर्नपनि सुरक्षा बलियो बनाईएको छ।’ मन्त्री शर्माले आफू सुरक्षाप्रबन्ध र अवस्था बुझ्नको लागि निर्वाचन हुने सबै प्रदेशमा पुगेको र सुरक्षा निकायसँग गोष्ठी समेत गरेको बताए । उनले थपे,‘पहिलो चराणको निर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं, त्यसकारण यो पटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो रुपमा अगाडि बढाईएको छ, पहिलो चरणको भन्दा यस पटक सुरक्षा निकायको प्रयोग सशक्त र प्रभावकारी हुनेछ।’

मन्त्री शर्माले भने,‘हरेक प्रदेश र हरेक जिल्लामा सुरक्षा योजना बनाईएको छ, पहिलेको भन्दा अहिले सुरक्षा योजना परिमार्जन गरिएको छ, त्यहीअनुसार सुरक्षा योजना कार्यान्वयन भैरहेको छ, म तीन वटै प्रदेशका मुख्यमुख्य स्थानमा पुगेर आएको छु, त्यहाँ मैले सबै सरोकारवाला पक्षसँग छलफल गरें, र उहाँहरुको सुझावलाई आत्मसात् गर्दै सुरक्षा योजनामा हामीले यो पटक परिमार्जन र परिस्कृत गरेका छौं।’
उनले अहिले मौन अवधिको समय भएकोले यसलाई सबै राजनीतिक दलहरुले पालना गरेर मतदाताहरुलाई ढुक्क भएर मतहाल्ने अधिकारको सदुपयोग गर्न सहयोग पुर्याउन आग्रह गरे । उनले निर्वाचन सुरक्षाको लागिकति संख्यामा सुरक्षाकर्मी खटाईएको छ भन्नेबारे एकिन नबताएपनि आवश्यकत्ता अनुसार सुरक्षा संख्या विन्यास गरिएको जानकारी दिए ।
मन्त्रीशर्माले स्थानीयतहको निर्वाचन संविधान कार्यान्वयनको लागि ऐतिहाँसिक खुड्किलो भएको र जनताको अधिकार प्रत्यक्ष रुपमा आफ्नो मतहाल्ने अधिकारको प्रयोग भएकोले निर्वाचनमा उत्साहजनक जनताको सहभागिता रहेको स्पष्ट पारे ।

उनले राजपासँगको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा तोकिएको बताउँदै भने,‘हाम्रो सम्मानीय प्रधानमन्त्री र राजपावीचको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा राखिएको हो, अहिलेको दोस्रो चरणको निर्वाचनमा उहाँहरुले स्वतन्त्र रुपमा उम्मेद्धवारी दिनुभएको छ, विप्लव माओवादीका साथीहरुपनि सहभागी हुनुभएको छ, म उहाँहरुलाई चुनावमा भागलिएकोमा यही मञ्चबाट धन्यवाद दिन चाहन्छु।’

उनले दोस्रो चरणको निर्वाचन सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गर्दै भने,‘पहिलो कारण भनेको निर्वाचनमा सबै पार्टीहरु सहभागी भएका छन्, दोस्रो कारण निर्वाचनमार्फत विकासको लागि सकारात्मक प्रतिष्पर्धा सुरु भएको छ, यो ऐतिहाँसिक परिघटना हो।’
मन्त्री शर्माले सुरक्षाको पहिलो आधार नै जनताको उत्साहजनक सहभागिता रहेको बताए । उनले भने,‘पहिलो सुरक्षा आधार भनेको नै जनताको सहभागिता हो, दोस्रो आधार भनेको हाम्रो सुरक्षा निकाय हो, समस्या आए तत्काल निराकरण गर्न सुरक्षा निकाय तयार भएर बसेको छ।’

निर्वाचन विथोल्नको लागि राजपा र विप्लव माओवादी नै सक्रिय भएर लागेको छ नि यसले के असर गर्छ भनेर एक पत्रकारले सोधेको प्रश्नमा मन्त्री शर्माले भने,‘विप्लवजीको पार्टी पनि निर्वाचनमा सहभागी भएको छ, उहाँहरु भेष्ट लगाएर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ, यो त खुशीको कुरा हो नि।’त्यस्तै उनले राजपाका नेता तथा कार्यकर्ता हरुपनि स्वतन्त्र रुपमा निर्वाचनमा सहभागि भएको जनाए । उनले थपे,‘राजपा पनि चुनावमा सहभागी भैसकेको छ, त्यसैले अब चुनाव कसैले विथोल्न सक्दैन्।’
उनले यदि कहीँकतैबाट र कसैबाट निर्वाचन विथोल्ने प्रयत्न भए त्यसको लागि आवश्यक र सुदृढ सुरक्षा व्यवस्था सरकारले मिलाईसकेको समेत जनाए । उनले भने,‘अबकुनै समस्या छैन ।’

दोस्रो चरणको निर्वाचनमा सबै पार्टीहरुको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै मन्त्रीशर्माले आम मतदाताहरुलाई मतदान केन्द ्रदेखि मत गणनासम्म सरकारले सुरक्षाको प्रबन्ध गरिसकेको र यहीअनुसार आवश्यक मात्रामा सुरक्षाकर्मी खटाईएको बताए ।

उनले निर्वाचन सुरक्षाको लागि पहिलो चरणको जस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना लाई प्रयोग गरिने पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा