February 1, 2018

डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्दै, अमेरिका जाने नेपालीको सपना चकनाचुर

१८ माघ, काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसा बन्द गर्ने र पारिवारिक सदस्यलाई प्रायोजन गरी अमेरिका लैजान पाउने नीतिलाई कडाइ गर्ने घोषणा गरेसँगै यसको सबैभन्दा ठूलो असर नेपालीलाई पर्ने भएको छ ।

ट्रम्पले हालै स्टेट अफ दि युनियनमा सम्बोधन गर्दै डीभी भिसा बन्द गरी योग्यता र क्षमताका आधारमा विदेशीलाई अमेरिकामा अवसर दिने नीति ल्याइने घोषणा गरेका छन् ।यस्तै डीभी परेर अमेरिकी नागरिक बनिसकेका आप्रवासीहरुले आफ्नो परिवारको सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजाने नीतिलाई पनि कडाई गर्ने बताएका छन् । अब श्रीमान/श्रीमती वा नाबालकलाई मात्र स्पोन्सर गरेर अमेरिका लैजान पाइने छ ।

पछिल्ला वर्षहरुमा ईडीभी भिसा प्राप्त गर्ने देशहरुको सूचीमा नेपाली पहिलो स्थानमा रहँदै आएका थिए । हरेक वर्ष ५० हजारलाई डीभी पर्ने गरेकामा नेपालीको संख्या औसतमा वार्षिक ४ हजार हाराहारी रहँदै आएको छ ।

सन् २०१२ देखि १७ को पाँच वर्षे अवधिमा १६ हजार ७ सय ५५ जना नेपाली डीभी भिसामार्फत् अमेरिका गएको अमेरिकी सरकारको तथ्याङ्कमा उल्लेख छ । सन् २०१७ मा मात्र ३ हजार ४ सय नेपाली यो भिसा प्राप्त गरी अमेरिका गएका छन् ।

यतिबेला सन् २०१९ को डीभी भिसा आवेदन गरी हजारौं नेपालीहरु नतिजाको पखाईमा छन् । ट्रम्प प्रशासनले अमेरिकी कंग्रेसमा डीभी चिठ्ठा प्रणाली बन्द गर्ने विधेयक पेस गरिसकेको छ । यो विधेयक पारित भएमा अब डीभी भिसा आवेदन सधैंका लागि बन्द हुनेछ ।

यसले बिना कुनै विशेष सीप चिठ्ठाका आधारमा अमेरिकी भिसा, गि्रनकार्ड हुँदै अमेरिकी नागरिकता प्राप्त गर्ने नेपालीहरुको ‘अमेरिकी सपना’मा पूर्णविराम लाग्ने छ ।

ट्रम्पले सुरुदेखि नै चिठ्ठाका आधारमा विदेशीलाई अमेरिका भित्राउने नीतिको बिरोध गरिरहेका थिए । उनले डीभी परेर आउनेहरुलाई रद्दीको टोकरीमा फालिएका भन्दै आलोचना गरेका थिए । डीभी परेका आप्रवासीहरु पछिल्ला आतंककारी घटनामा संलग्न भएको देखिएपछि ट्रम्प प्रशासनलाई यो प्रणाली रद्द गर्न थप बल मिलेको छ ।

ट्रम्प प्रशासनको नीतिले नयाँ आवेदकलाई मात्र होइन, अमेरिकामा ग्रिनकार्ड र नागरिकतासमेत प्राप्त गरिसकेका नेपालीलाई पनि असर गर्ने छ । अब उनीहरुले परिवारका सदस्यलाई प्रायोजन गरेर अमेरिका लैजान र स्थायी बसोबासको व्यवस्था मिलाउन असमर्थ हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

क्यानडाबाट भारतीय भिसा बन्द भएको घाेषणा

ओटावा, असोज ४ गते । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा)

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा