March 17, 2018

डेढ अर्ब बढी घोटालामा तत्कालीन एपेक्स बैंकका अध्यक्षसहित १३ कर्मचारी पक्राउ

तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपँैया हानी पु¥याएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ।

पक्राउ पर्नेमा तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ, सञ्चालक सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, दुर्गादत्त जोशी, वरिष्ठ प्रबन्धक रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल, सुदीप थापा छन्।

उनीहरुलाई शुक्रबार राजधानीका विभिन्न स्थान र एनसिसी बैंक पुतलीसडकबाट पक्राउ गरिएको हो।

बैक गाभिने भएपछि उनीहरू मिलेर कमसल धितो भिरालो पाखो बारी, बाटो नपुगेको जग्गाको अधीक मूल्यांकन गरी कर्जा लगानी गरेको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ।

धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक,कर्जा प्रवाहसमेत एकै दिनमा गरेको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ।

उक्त ठगीबारे अनुसन्धान गर्न नेपाल राष्ट्र बैकले सिआइबीलाई जिम्मा दिएको थियो। पक्राउ परेका १३ जनालाई सिआइबीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी