डीपीएल–२ को फाइनलमा काठमाडौं र धनगढी भिड्ने

काठमाडौं गोल्डेन्स सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) फाइनलमा प्रवेश गरेको छ । बिहीबार (आज) भएको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेडलाई ५ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो ।

1304803836ktm

१४३ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १८.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । काठमाडौंको जितमा ओपनर सुबोध भाटीले उत्कृष्ट प्रदर्शन गरे । उनले विष्टफोटक ब्याटिङ गर्दै डीपीएलमा सर्वाधिक छिटो अर्धशतक बनाएका थिए । उनले १८ बलमा ५२ रन बनाए । त्यस्तै, काठमाडौंका लागि अमित श्रेष्ठले २६ र कप्तान ज्ञानेन्द्र मल्लले अविजित २५ रन बनाए भने भुपेन्द्र थापाले १५ रन बनाए । 

यता बलिङतर्फ पुनित मेहेराले २ विकेट लिए । यसअघि कुनै बेला नाजुक अवस्थामा पुगेको महेन्द्रनगरले सम्हालिँदै निर्धारित २० ओभरमा ९ विकेको क्षतिमा १४२ रन बनाएको हो । १० रन हुँदा महेन्द्रनगरले ६ विकेट गुमाएको थियो । तर महेन्द्रनगरका लागि आरिफ शेख र पुनित महेराले उत्कृष्ट साझेदारी गर्दै उकासेका थिए । आरिफ र पुनितले ८५ रनको पार्टनरसिप खेले ।

महेन्द्रनगरका लागि पुनितले ५८ रन बनाए । त्यस्तै, आरिफले ४३ रन बनाए । यता, करण केसीले विष्फोटक ब्याटिङ गर्दै १२ बलमा २१ रन बनाए भने पुनित विष्टले ७ रन बनाए । 

महेन्द्रनगरका ४ खेलाडीले मात्रै रन बनाउँदा ५ जना खेलाडी भने शून्य रनमा नै आउट भए । कप्तान विनोद भण्डारी, आसिफ शेख, रोहित कुमार पौडेल, हरिशंकर शाह र भुवन कार्की जस्ता अग्रपंक्तिका ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए ।

काठमाडौंका लागि सन्नी पटेलले सर्वाधिक ६ विकेट लिँदै डीपीएलमा एकै खेलमा सर्वाधिक विकेट लिने कीर्तिमान कायम गरेका छन् । उनले ४ ओभर बलिङ गर्दै १ ओभर मेडन राखेर १० रन दिदै ६ विकेट लिए ।

उपाधिका लागि शुक्रबार काठमाडौंले टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति