डिपेण्डेन्ट भिषा : हाडनाता, नक्कली विवाहदेखि मानव किनबेचसम्म

नक्कली विवाहले यस्तो बिचल्ली

-पवित्र शर्मा
काठमाडौं । शैक्षिक परामर्श केन्द्रका नाममा खुलेका कन्सल्टेन्सीहरुले सरकारी निति विपरितका कृयाकलापहरु गर्नुका साथै मानव किनबेचसम्मका कृयाकलापहरु गर्दै आइ्रहेको फेला परेको छ ।

एक जना पढ्न तथा अर्को काम गर्नका लागि भन्दै विभिन्न मुलुकमा डिपेण्डेन्ट भिषामा मानव तस्करी धन्दा पछिल्लो समय मौलाएको छ । सयौ कन्सल्टेन्शीहरुले शैक्षिक योग्यता पुगेको युवा वा युवतीहरुलाई खोजी गर्दे खरिद गरि शैीषक योग्यता नभएका व्यक्तिलाई नक्कली विवाह गर्दै डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा मानव तस्करी गर्दै आएको तीव्रखबरले फेला पारेको छ । त्यसरी अवैध रुपमा मानव किनबेचदेखि तस्करी धन्दामा संलग्न कन्सल्टेन्शीहरुमा चलेका कन्सल्टेन्सीदेखि हालसालै खुलेकासमेत सक्रिय रुपमा लागि परेको पाइएको छ ।

पछिल्लो समय डिपेण्डेन्ट भिषामा अष्ट्रेलिया पठाउँदै आएको सयौं कन्सल्टेन्सीहरुले मानव किचबेच मात्र गरेका छैनन् हाड नाता पर्ने युवा युवतीहरुको नक्कली विवाह गराई भिषा आवेदन समेत दिने गरेको फेला परेको छ । अष्ट्रेलिया पुग्नको लागि मात्र हो, यो नक्कली विवाह हो भन्दै जग्गे बनाएर, पुरेत पढाएर, केही जन्ती बोलाएर नक्कली विवाह गर्दे डिपेण्डेन्ट भिषा लगाउन केही गिरोह सक्रिय रहँदा समेत सरकार मुकदशक बन्दै आइरहेको आरोप समाचारस्रोतको छ । यसरी डिपेण्डेन्ट भिषामा विभिन्न मुलुकमा मानव तस्करी धन्दामा संलग्नहरुको फेहरिष्ट लामो छ । यसरी मानव किनबेच र नक्कली विवाह गर्दै कमाउधन्दामा पल्केका कन्सल्टेन्सीहरुको सुचि तीव्रखबरले खोजी जारी राखेको छ ।

अध्ययन तथा पर्यटन भिसामा विदेश पठाउने काम शैक्षिक परामर्श केन्द्रले गर्दै आएका छन् । सञ्चालकहरुले अमेरिका, क्यानडा, अष्ट्रेलिया, जापान तथा युरोपेली मुलुकमा शिक्षाको नाममा मानव ओसार पसार गरेको उजुरी परे पनि यसको सुनुवाइ भएको छैन । कानुन र अनुगमनको अभावमा शैक्षिक परामर्शको नाममा ठगी र मानव तस्करी धन्दा बढेको प्रहरीको निष्कर्ष छ । भाषा प्रशिक्षण र शैक्षिक परामर्श दिन भनेर स्थापना गरिएका परामर्श केन्द्रले मानव तस्करीदेखि हुन्डीसम्मको काममा संलग्न रहेको बताइएको छ ।

नक्कली विवाहले यस्तो बिचल्ली

नेपालमा शिक्षित भएरपनि प्रसस्त रोजगारीको सम्भावना नभएपछि युवा जमात विदेशतिर आकर्षित हुनु नौलो कुरा भएनु । बैदेशिक रोजगारीको लागि खुलेका प्रसस्त मेनपावरहरु मार्फत युवा युवतीहरु विभिन्न मुलुकमा गई रोजगार गरी आफ्नो जीविको पार्जन गर्दे आएको छन् । यो मेनपावर व्यवासायीहरुको नियमसंगत पेशा हो । तर शिक्षाका नाममा खुलेका परामर्शदाता कम्पनीहरुले नै विदेशी मुलुकहरुमा पढ्न पठाउने नाममा अवैध तस्करी धन्दा गर्दै आएका छन् । यसरी अवैधै मानव तस्करीमा संलग्न विभिन्न एजुकेशनल कन्शल्टेन्सीहरुको फेहरिस्त तीव्रखबरले फेला पारेको छ ।

यस्ता एजुकेशनल कन्सल्टेन्सीहरुरुले विवाहित पुरुषहरलाई विवाहित वा अभिवाहित युवती मिलाइदिने वा विवाहित वा अविवाहित युवतीलाई युवक मिलाइदिने र मोटो रकम अशुलेर डिपेन्डेन्ट भिसा दिलाएर विदेश पठाउने गरेका छन् ।कानुनी हिसावले हेर्ने हो भने उनीहरुले बनाएका कम्पनीको उद्देश्यसंग वाझिने यस्ता कृयाकलापहरु सरासर गलत छन् । एकातिर उनीहरुले गरेका कृयाकलापले प्रचलित कानुनको धज्जी उडाएका छन्, भने अर्कोतिर नेपाली युवा युवतीहरुको जीवन तहस नहस हुने अवस्थाको सृजना गरेका छन् ।

नक्कली विवाह गर्दै सक्कली कागजात तयारगरि अवैध सम्बन्धलाई प्रमाणित गराउँदै दलालहरु प्रयोगगरि युवा युवतीको खोजी गर्ने र युवती पढ्न जाने भए युवाले पैसा वेहोर्ने र युवा पढ्न जानेभए युवती र युवा दुवैबाट मोटो रकम अशुल्दै कन्शल्टेन्सीहरुले यस्तो धन्दा संचालन गर्दै आएको फेला परेको छ ।यसरी नै डिफेण्डेण्डमा अष्टेलिया लैजान्छु भन्दै पढ्न जाने युवतीसंग नक्कली विवाह गरेका एक पुरुष उनीहरुको भिषा नलागेपछि अंश मुद्दा खेप्नु परेको र आफ्नो भएभरको सम्पत्ति युवतीको नाममा गर्दिन बाध्य भएको दुखेको तीव्रखबरसंग गरे । रामप्रसाद ढुंगाना नामकाउनी एक कन्शलटेन्सीमा पुगेपछि त्यहाँबाट नै मिलाइएको युवतीसंग अष्टेलिया जाने सपना देखेर नक्कली विवाह गरेको र भिसा नलागेपछि यस्तो घट्ना व्यहोर्न बाध्य भएको जनाए ।

त्यसैगरि अष्टेलिया पुगेकी विमला शर्मा (नाम परिवर्तित) युवतीको अष्टेलिया पुग्ने र त्यहाँ पढ्ने हैसियतको सम्पत्ति नहुँदा सम्पत्ति देखाउन सक्ने एक विवाहित युवासंग डिपेन्डेन्टमा सक्कली कागजातमा नक्कली विवाह गरि अष्टेलिया पुगेपछि आफ्नो विजोग भएको बताईन उनले मन नपरेको उक्त युवासंग जब्बरजस्ती दैनिकी विताउँन बाध्य भएको बताइन् । राम्रो आम्दानी होला भन्ने सोचेर उनी त्यहाँ पुगेको भएतापनि विद्यार्थीहरुले ४ घण्टाभन्दा बढी काम गर्न नपाउँने भएपछि कमाउनु भन्दापनि खर्च नै नपुग्ने भएपछि उक्त केटासंग दैनिकी विताउँन बाध्य भएतापनि उनको नेपालमा श्रीमती भएको कारण आफ्नो जिन्दगी बरबाद भएको जनाइन् ।

पिडित शर्मा दलाल मार्फत खोजिएको युवासंग नक्कली विवाह गरि बागबजारमा रहेको ग्लोबल च्वाइस कन्सल्टेन्सीमा पुगेको र सोही कन्शल्टेन्सी मार्फत अष्टेलिया पुगेको बताइन् । यसै विषयमा उक्त कन्सल्टेन्सीका संचालक तिर्थलाल भट्टसंग प्रतिकृयाको लागि सम्पर्क गर्दा सम्पर्क हुन सकेन् ।यसरी युवा युवतीहरुको बिजोग बनाउने कन्शल्टेन्सीहरु र दलालहरुकोे संख्या अध्याधिक छन् । ती मध्ये तीव्रखबरलाई एक दर्जन कन्सल्टेन्सीहरुको फेहरिष्ट प्राप्त भएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा