१८ भदौ, काठमाडों । सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा लागुऔषधसहित दुई जना इन्जिनियरलाई पक्राउ गरेको छ । राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाले ती दुई इन्जिनियरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा रुपन्देहीको सौराहा फर्साटिकर–२ का २५ वर्षीय महेश गैरे र १ का २८ वर्षीय नवीनराज बास्तोला रहेका छन् । गैरे आईटी इन्जिनियर र बास्तोला सिभिल इन्जिनियर हुन् । बास्तोलाले योभन्दा अघि पनि एकपटक लागूऔषध ओसारपसार गरेका थिए । गैरे भने पहिलो पटकमै समातिएका हुन् ।
सिभिल इन्जिनियर बास्तोलाले फर्साटिकरमा आफ्नै रेष्टुरेण्ट छ । गैरे वर्डलिंक नेटवर्क प्रालिमा कार्यरत छन् । इन्जिनियरिङबाट कमाइ नभएपछि लागूऔषधको धन्दा सुरु गरेको उनीहरुको भनाइ छ । ‘इन्जिनियरिङ अध्यनन गरेर इन्जिनियर भएपनि नेपालमा राम्रो काम पाइएन र पैसाको प्रलोभनमा लागुऔषध ओसारपसारमा लागियो,’ उनीहरुको भनाइ छ ।
सीमावर्ती भारतीय बजार सुनौलीबाट झोलामा लागूऔषध ल्याउँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डाका प्रमुख डीएसपी शंकर खनालले बताए । डीएसपी खनालले उनीहरुका साथबाट ठूलो परिमाणमा नुफिन, फेनारगन, नाइट्राभेटलगायतका २ हजार सीसी लागूऔषध बरामद भएको र सोको मूल्य ६ लाख रुपैयाँ पर्ने बताए । यसका अलावा उनीहरुबाट नगद २३ हजार रुपैयाँ, ३ वटा मोबाइल, ल्यापटप र उनीहरुले प्रयोग गरेको लु१८प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ ।
पक्राउ परेका युवाहरु आर्थिक प्रलोभनमा परेर त्यस्तो धन्दामा लागेको सशस्त्र प्रहरीले जनाएको छ । ती लागूऔषध विभिन्न स्थानमा पु-याएबापत ३० हजार रुपैयाँ पाउने प्रलोधनमा परेर आफूहरुले त्यसमा हात हालेको उनीहरुले वयान दिएका छन् । राजधानी दैनिकमा खबर छ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।