ट्रेड युनियन काँग्रेसको महाधिवेशन मंगलबारदेखि

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन मंगलबारदेखि काठमाडौँमा हुने भएको छ ।

चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ । जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ ।

वर्तमान उपाध्यक्ष रमा पौडेलले उम्मेदवार दिए पनि दुई समूहबीच नै कडा प्रतिस्पर्धा हुने देखिएकोे छ । दुवै जनाले आफ्नो समूह घोषणा गरिसकेका  छन् ।

दाहाल समूहबाट वरिष्ठ उपाध्यक्षमा अयोध्याप्रसाद यादव, उपाध्यक्ष (खुला) बमबहादुर डिसी, डिपी अर्याल, उपाध्यक्ष (महिला) कल्पना अधिकारी, उपाध्यक्ष (सेवा) शंकर लामिछाने, उपाध्यक्ष (उत्पादन) युवराज लामा, उपाध्यक्ष (अनौपचारिक) नूर महम्मद रैन छन् ।

यसैगरी महासचिव सञ्जय मिश्र, उपमहासचिव (खुला) जनार्दन निरौला, काजीमान श्रेष्ठ, उपमहासचिव (महिला) कमला लामिछाने, उपमहासचिव (सेवा) रञ्जन थापा, उपमहासचिव (उत्पादन) धीरेन्द्र सिंह, उपमहासचिव (अनौपचारिक) आत्माराम पौडेल, कोषाध्यक्ष रिसभ घिमिरे र सहकोषाध्यक्षमा ताराकुमारी राई छन् ।

आचार्य समूहबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की, अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशा सिंह राठौर छन् ।

यसैगरी महासचिव योगेन्द्रकुमार कुँवर, उपमहासचिव (खुल्ला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (उत्पादन) ईश्वर परियार, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरेले उम्मेदवारी दिँदै छन् ।

अध्यक्षका उम्मेदवार दाहालले  ट्रेड युनियन काँग्रेसलाई बलियोे बनाउँदै आगामी निर्वाचनमा काँग्रेसको पक्षमा जनमत सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताए ।

अध्यक्षका अर्को उम्मेदवार आचार्यले नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्ने, मजदूरलाई आर्थिकरुपले सबल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्नका लागि आफ्नो उम्मेदवारी भएको बताए।

भोलिदेखि योगम्बर पार्टी प्यालेसमा शुरु हुने निर्वाचनमा काँग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष दाहालले जानकारी दिए । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए ।

ट्रेड युनियनको छैटौँ महाधिवेशनमा देशभरका एक हजार ४०० महाधिवेशन प्रतिनिधिले भाग लिँदैछन् ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी