ट्रम्प ११ दिने एशिया भ्रमणमा, यस्तो छ भ्रमण तालिका

trump

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एशिया भ्रमणमा निस्किएका छन् । ११ दिने भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्सको भ्रमण गर्नेछन् ।

अमेरिकी राष्ट्रपतिले एशियाली देशको यति लामो भ्रमण गरेको २५ वर्षपछि पहिलो पटक भएको बीबीसीले उल्लेख गरेको छ । परमाणु कार्यक्रमलाई लिएर उत्तर कोरियासँग तनाव बढेका बेला राष्ट्रपति ट्रम्प एशियाली मूलुकको भ्रमणमा निस्किएका हुन् ।

भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरिया र जापानसँगको मोर्चाबन्दी देखाएर चीनलाई प्योङयाङविरुद्ध कडा रुपमा प्रस्तुत हुन दबाब दिनसक्ने अनुमान गरिएको छ । भ्रमणका लागि राष्ट्रपति ट्रम्प अमेरिकाकै हवाइ राज्य पुगेका छन् । त्यहाँ उनी अमेरिकी प्यासिफक कमाण्डको ब्रिफिङमा सहभागी भए ।

हवाइबाट राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प जापानका लागि प्रस्थान गर्ने अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । भोली विहान जापान पुग्ने ट्रम्पले जापानी प्रधानमन्त्री सिञ्जो अबेसँग छलफल गर्नेछन् ।

मंगलबार दक्षिण कोरिया पुग्ने राष्ट्रपति ट्रम्प बुधबार चीन जाने कार्यक्रम छ । नोभेम्बर १३ मा फिलिपिन्सको मनिलामा हुने आसियान सम्मेलनमा सहभागी भएर ट्रम्प स्वदेश फर्कने अमेरिकी सञ्चारमाध्यामले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का