February 28, 2020

टेप प्रकरण बाँस्कोटाकै हो भन्ने प्रमाण छैन, अख्तियारको उजुरी पत्रु: प्रधानमन्त्री ओली

 

काठमाडौं, फागुन १६, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए। आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले ‘पत्रु’ को संज्ञा दिए।

 ‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’

 ‘आरोप सत्य हो होइन हेर्नु पर्‍यो। अनाडी मान्छेले रेकर्ड गरेको छ। त्यसमा डिल नै भएको छैन,’ उनले थपे।

उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए। आन्दोलनलाई तुहाउन बाँस्कोटामाथि यस्तो खेल भएको उनको तर्क थियो।

‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला।’

उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे।

‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थेँ,’ ओलीले भने।

सरकार प्रचारमुखी भएको आरोप खण्डन गर्दै ओलीले भने, ‘यत्रो सफलता, उपलब्धि प्रचार नगर्ने पनि हुन्छ र!’

बाँस्कोटाले संचारमन्त्रीको हैसियतले सि.जी. ग्रुपको अनियमितता, ठुला मिडीयाहरुले गरेको श्रम शोषण ,  अपारदर्शीता, पार्टी भित्रको आर्थिक /सामाजिक / राजनीतिक अराजकताको बारेमा खुलेर लडेेेेेका कारण र सरकारको निर्णयको दरो प्रतिरक्षा गरेको कारण उनको शाखको डीग्री ह्वात्तै बढेको थियो जसको प्रमाणस्वरुप प्रधानमन्त्रीले काभ्रेको कार्यक्रममा गोकुल बास्कोटाको र अरुको तुलना गर्नुबाट पनि स्पष्ट हुन्छ ।

अडियो सार्वजनिक भएपछि बास्कोटाले नैतिकताको आधारमा राजीनामा दिएर पार्टी,सरकार र अख्तियार क-कस्ले छानबिन गर्नुपर्ने हो गरोस, मैले गल्ती गरेको छैन भनेर छानबिनका लागि मार्ग प्रसस्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा