November 17, 2019

टी–१० क्रिकेट लिगमा सन्दीपको टिमको विजय सुरुवात, सन्दीपले लिए १ विकेट

 

Image result for Sandeep in ground

मंसिर १, एजेन्सी । यूएईमा जारी टी–१० क्रिकेटमा नेपाली क्रिकेटर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्स दिल्ली बुल्सलाई पराजित गर्दै विजयी भएको छ । कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोडेको बुल्सका लागि एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाएका थिए ।  

टी– १० को पहिलो खेलमै टिममा परेका नपाली क्रिकेटर सन्दीपले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरमै विकेट लिन सफल भएका थिए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई ८ रन बनाएपछि सन्दीपले आउट गरिदिएका थिए ।  

टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे । टस हारेर पहिला ब्याटिङ सुरु गरको कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो ।

कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा  डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल