टाटा मोटर्सको नेपालमा हेक्जाको बिक्री आरम्भ

मङ्सिर ७,काठमाडौं : टाटा मोटर्सले एसयूभी टाटा हेक्जा नेपाली बजारमा भित्र्याएको जानकारी गराएको छ । नेपालमा हेक्साको बिक्री शुरुवात गर्दै टाटा मोटर्सका सीईओ तथा म्यानेजिङ्ग डाईरेक्टर गेएन्टर बटचेकले पहिलो समूहको एघार जना ग्राहकहरुलाई विशेष समारोहमा गाडीको साँचो प्रदान गरे ।

1171394283Capture

नेपाल भरि उपलब्ध गराईने हेक्साको एक्स टी ४x४ का विभिन्न मोडलहरुको मूल्य ७७.९५ लाख पर्नेछ ।

हेक्साको बिक्री शुभारम्भ समारोहमा बोल्दै टाटा मोटर्सका सीईओले भने– “हामीले टाटा मोटर्सको तर्फबाट जहिले पनि अग्रणी रुपमा आफ्नो ग्राहकहरुलाई विशिष्ट तथा गतिशील प्रोडक्टको अनुभव दिलाईरहेका छौं र हाम्रो त्यो प्रतिबद्घता टाटा हेक्साले मजबुत पारेको छ । हामीले नेपालको ग्राहकहरुलाई बढी ढाँचावान, आफ्नो जीवनको सोख अनुसारको गाडी होस भन्ने चाहना छ भन्ने कुरा बुझेका छौं र टाटा हेक्साले त्यही अनुरुप ग्राहकको बढ्दो चाहना पूरा गर्ने महत्वपूर्ण पहल गरेको छ ।”
टाटा हेक्सा २२०० सि.सि. भेरिकर डिजल ईन्जिन, १५६ पि.एस./४०० एनएममा उपलब्ध छ । यसको अतिरिक्त हेक्साको एक्स टी ४x४ मोडल ६ वटा गतिको लागि म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । हेक्साको थप विशेषतामा यसको सेन्ट्रल कन्सोलमा राम्ररी जडान गरिएको रोटरी नबले यसको सुपर ड्राइभ मोडलाई संचालन गर्नेछ । सुपर ड्राइभ मोडले चालकहरुलाई आनन्दसँग अटो, कम्फर्ट, डाईनामिक र रफ रोड मध्ये जुनसुकै मोडमा परिवर्तन गरेर बाटो र आफ्नो मुड अनुसार गाडी चलाउन सक्ने विशेषता दिएको छ ।

विभिन्न थरिको बाटोमा पनि स्थिर तथा आनन्दमयी यात्राको लागि बिना झन्झट हुने गरी गाडीको ईन्जिन व्यवस्थापन, नयाँ जेनेरेशनको ईलेक्ट्रिक स्ट्याबिलिटी प्रोग्राम र टर्क अन डिमान्ड विशेषताहरु राखिएको कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताको आफ्नो प्राथमिकता अनुसार गाडीको आन्तरिक लाईटिङहरु उपकरणहरुको डिस्प्लेबाट मिलाउन सकिन्छ ।

यो सेग्मेन्टका गाडीहरुमा अग्रणी रुपमा विभिन्न विशेषताहरु सहित आएको टाटा हेक्सामा प्रोजेक्टर हेड ल्याम्प, १९ ईन्चको अलोए ह्विल, लिड टेल ल्याम्प, ६ वटा एअर ब्याग्स, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक हेड ल्याम्प्स र १० वटा स्पिकरसहितको जेबीएल अडियो सिस्टम जडान गरिएको छ ।

टाटा मोर्टस्को बारेमा

टाटा मोर्टस् लिमिटेड ४२ बिलियन अमेरिकी डलरसहित विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो जसले कार, यूटीलिटी भेहिकल, बस, ट्रक, डिफेन्स भेहिकल आदिको उत्पादन गर्दै आइरहेको छ । भारको बृहत अटोमोबाइल कम्पनी र १०० बिलयिन अमरिकी डलरको टाटा मोटर्स् यु.के., दक्षिण कोरीया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा अन्य ७६ वटा सहायक कम्पनीहरु जस्तै यू.के. मा जुगर ल्यान्डरोभर र दक्षिण कोरियामा टाटा डाइयोका साथ  मजबुत ग्लोबल नेटवर्कका साथ सञ्चालित रहेको कम्पनीले जनाएको छ । 

कम्पनीको भारतमा फियाटसँग संयुक्त औद्योगिक भेन्चर– लगानी पनि रहेको  छ । हाल ९० लाख टाटाका गाडीहरु भारतीय सडकमा गुडिरहेको कम्पनीले जानकारी दिएको छ ।

टाटा मोटर्स्लाई भारतीय बजारमा कमर्सीयल गाडी र प्यासेन्जर गाडीे बिक्रीको प्रमुख हिस्सा दिलाएको छ । कम्पनीको नयाँ आविष्कारहरु प्राय नयाँ प्रविधिमा आधारित छन् जुन् दिगो तथा सबैलाई उपयुक्त हुने खालका हुन्छन् । टाटाका कार, बस र ट्रकहरु, युरोप, अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रसिया लगायत विश्वका विभिन्न भागहरुमा बिक्रीवितरण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा