प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले निर्वाचनमा पराजित भए पनि कांग्रेस बिचलित नभएको बताएका छन् । कांग्रेस अछामको जिल्ला सम्मेलन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई समबोधन गर्दै नेता गुरुङले कांग्रेस चुनावमा पराजित भए पनि बिचलित भने नभएको बताएका हुन् ।
‘‘चुनाव हार्यो भन्दैमा कांग्रेस कति पनि बिचलित भएको छैन्,’’ उनले भने, ‘‘आगामी चुनावमा जतिसुकै कम्युनिष्टहरु मिले पनि कांग्रेस नै देशको पहिलो पार्टी बन्छ ।’’
धेरै टाउका भएको रावणलाई एक टाउको भएको रामचन्द्रले युद्धमा हराएझै धेरै टाउको भएको कम्युनिस्टलाई एक टाउको भएको कांग्रेसले आगामी निर्वाचनमा परास्त गर्ने उनको भनाई थियो ।
विकसित मुलुकका प्रधानमन्त्री साइकलमा चढ्ने गरेका प्रसंग निकाल्दै नेता गुरुङले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली गरिब जनताको टाउकोमा टेकेर साढे दुई करोडको गाडीमा चढी रहेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीलाई श्रीपेच बिनाको श्री ३ महाराज भएको टिप्पणीसमेत गरे ।
कार्यक्रममा कांग्रेसका अर्का केन्द्रीय सदस्य जीवन परियारले अधिनायकवाद विरुद्ध लड्न कांग्रेस कहिल्यै पछि नहट्ने बताए । उनले कम्युनिष्ट अधिनायकवादले सञ्चार जगतमाथि हस्तक्षेप गरिरहेको आरोप लगाए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत