टाइब्रेकरमा क्रोएसियाको जित, रसिया बाहरियो !

सोचीे (एजेन्सी)– टाइब्रेकरमा भाग्यशाली रहँदै क्रोएसिया रसियामा जारी विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । निर्धारित र थप समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा क्रोएसिया ४–३ ले विजयी हुँदै अन्तिम चारमा पुगेको हो । दुवै गोलकिपरले एक एक पेनाल्टी रोकेपनि रसियाका लागि थप समयमा बराबरी गोल गर्ने मारियो फर्नान्डेजले टाइब्रेकरमा गोल गर्न नसक्नुनै अन्ततः निर्णायक बन्यो ।

 

क्रोएसियाका गोलकिपर डानिजे सुवासिचले रसियाका फेडोर स्मोलोभको पेनाल्टी रोकेका थिए । क्रोएसियाका लागि मार्सेलो ब्रोजोभिकले पहिलो पेनाल्टीमा गोल गरे भने माटेउ कोभासिसको पेनाल्टी रसियाका गोलकिपर इगोलर अकिनफिभले रोके ।

रसियाका लागि दोस्रो पेनाल्टी हानेका एलान डजागोभले गोल गरे । तर फर्नान्डेजको प्रहार पोस्ट नजिकबाट बाहिरिएपछि रसिया पछि परेको थियो । क्रोएसियाका लागि तेस्रोमा लुका मोड्रिच र चौथोमा डोमागोज भिडाले गोल गरे ।

उता रसियाका चौथोमा सेरेगेइ इगानसेभिचले र डालेन कुजेयभले गोल गर्दा खेल टाइब्रेकर ३–३ को बराबरीमा थियो । अन्तमा क्रोएसियसाका इभान राकिटिकले गोल गर्दै टोलीलाई जित दिलाए ।

यो सँगै रसिया विश्व कपको समिकरण पुरा भएको छ । क्रोएसियाले अब इङ्ल्यान्डसँग सेमिफाइनल खेल्नेछ । यसअघि भएको सेमिफाइनलमा स्विडेनलाई २–० ले हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको थियो । फ्रान्स र बेल्जियम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल थप समयमा गएको थियो । थप ३० मिनेटमा दुवै टोलीले समान १ गोल थपेपछि अब खेल निर्णाणका लागि टाइब्रकेरमा गएको छ । दुवै टोलीले खेलमा एक एक पटक अग्रता लिएपनि जोगाउन सकेनन् । डोमागोज भिडाले थप समयको ११ औं मिनेटमा कर्नरमा आएको बलमा हेड गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए ।

तर थप समयकै २५ औं मिनेटमा मारियो फर्नान्डेजले हेडमार्फत बराबरी गोल फर्काएका थिए । फ्रिकिकमा आएको बललाई फर्नान्डेजले हेडमा गोल गरेका थिए । क्रोएसिया र रसियाबीच निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा टुंगिएको थियो । खेलमा अग्रता आयोजक रसियाले लिएको थियो ।

डेनिस सिरेसेभले ३१ औं मिनेटमा गोल गर्दै आयोजकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्सको बाहिरबाट विपक्षी गोलकिपरलाई कुनै मौका नदिइ आकर्षक गोल गरेका थिए । तर, रसियाले त्यो अग्रता लामो समय टिकाउन सकेन ।

३९ औं मिनेटमा आन्द्रेज क्रामारिकले गोल गर्दै क्रोएसियालाई खेलमा फर्काएका थिए । क्रसमा आएको बललाई क्रामारिकले हेडमार्फत गोल गरेका थिए । क्रोएसिया र रसिया दुवै टोली टाइब्रेकरमा विजयी हुँदै क्वार्टरफाइनलमा पुगेका थिए । रसियाले पूर्व विजेता स्पेनलाई ४–३ र क्रोएसियाले डेनमार्कलाई ३–२ ले हराएको थियो । रसिया र क्रोएसिया दुवै टोली प्रिक्वार्टरफाइनलमा टाइब्रेकरमा विजयी हुँदै अघि बढेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल