ज्ञानेन्द्रलाई बाबुरामको सुझाव- पद चाहिए पार्टी खोलेर चुनाव लड्न आउनुहोस्

BaburamBhattarai5गोरखा, ३० असोज । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन ।’

गोरखामा समाजवादी पार्टीले विहीबार आयोजना गरेको चाडवाड लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै उनले राजतन्त्र फर्कने शंका नगर्न आग्रह गरे । दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको उनको भनाइ छ ।

जनताले सबैसँग टीका लगाउने भन्दै दशैंमा टीका लगाउँदैमा राजतन्त्र नफर्कने उनको तर्क थियो । उनले भने, ‘चाडवाडको समयमा पूर्वराजासँग जनताले टिका लगाए भन्दैमा राजा चाहियो भन्नु गलत हो, अलि पर गएपछि राष्ट्रपतिसँग पनि लगाउँछन्, प्रधानमन्त्री सँग पनि लगाउँछन् त्यो ठूलो कुरा होइन, हामी अव गणतन्त्रबाट पछाडि फर्कन सक्दैनौं ।’

राजतन्त्र आवश्यक नभएर गणतन्त्र ल्याएको उल्लेख गर्दै उनले भने, ‘राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुपर्दै, कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन ।’
लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुक विकास र समृद्धिको नयाँ चरणमा पुगेको निष्कर्ष सुनाउँदै उनले भने, ‘नयाँ अवस्थामा मुलुकको एजेण्डा पनि फेरिएको छ ।’ पछिल्लो एजेण्डा पूरा गर्न दलहरुबीच एकता अनिवार्य भएको भट्टराईको तर्क थियो ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक