जोरा र पारसको आक्रामक ब्याटिङ, युएईलाई १ सय ५ रनको लक्ष्य

माघ २०,दुबई : जारी युएई विरुद्धको तेस्रो तथा निर्णायक टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित १० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको छ । वर्षाले खेल ढिलो सुरु भएको कारण खेललाई १० ओभरमा छोट्याइएको थियो ।

पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पवन सर्राफ र कप्तान पारस खड्का ओपनिङमा आएका थिए । तर पहिलो ओभरको तेस्रो बलमा कुनै रन नजोडी पवन पभेलियन फर्के भने सो ओभरमा नेपालले कुनै रन जोड्न सकेन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल ९ बलमा ११ रन जोड्दै तेस्रो ओभरमा बोल्ड आउट हुन पुगे । लगत्तै चौथो ओभरमा दोस्रो टी-२० खेलका नायक दीपेन्द्र सिंह ऐरी २ रन जोड्दै आउट भएसँगै नेपाल २३-३ को कठिन स्थितिमा पुगेको थियो ।

त्यसपछि पारसलाई साथ दिन आएका सन्दिप जोरा र पारसको १३ बलमा ३३ रनको आक्रामक साझेदारीद्वारा नेपालको पारीले गति लिएको थियो । कप्तान पारस १४ बलमा २९ रन जोड्दै छैटौं ओभरमा आउट भएका थिए । सोही ओभरमा पारसले १ छक्का र १ चौका समेत प्रहार गरेका थिए ।

नवौं ओभरमा सन्दीप जोरा २८ रनमा आउट भएका थिए । ११ बलको सामना गरेका उनको पारीमा ३ छक्का सामेल थियो । 

१० रन जोडेका करण केसी अन्तिम ओभरमा बाउन्डरीमा उत्कृष्ट क्याचमार्फत आउट भए भने विनोद र सोमपाल पनि अन्तिम दुई बलमा आउट हुन पुगे र सन्दीप लामिछाने अवजित रहे । विनोदले १३ बलमा २१ रन जोडेका उनको पारीमा २ चौका र १ छक्का सामेल थिए ।

ओडिआईमा २-१ को जितपश्चात टि-२० को पहिलो खेल २१ रनले गुमाएको नेपालले दोस्रो खेलमा ४ विकेटको जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति