जेल र बनबास बसेका नेता भेटेपछि एकता सम्भव : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले चाहेकै कारण एमाले र माओवादीबीच एकता सम्भव भएको बताएका छन् ।

dinanatha-book_eTZNN9U3vF

आइतबार ललितपुरमा माओवादी नेता एवं राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माद्धारा लिखित ‘बाह्रखरीको बोटमुनि’ निवन्ध संग्रहको लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले जनताको चाहानाविपरित कोही र कुनै पार्टी जान नसक्ने बताए । 

‘जनताले नचाहेको भए दुई पार्टीको एकता सम्भव थिएन, यो जनताले चाहेरै सम्भव भएको हो । यो कम्युनिष्ट पार्टीको मात्रै पनि एकता होइन, देशकै र सम्बृद्धिको सपनाको पनि एकता हो’ पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने ।

उनले एमाले अ्रध्यक्ष केपी ओली र आफु १४÷१४ बर्ष जेल र बनबास बसेको भन्दै यस्ता नेताको भेटपछि एकता सम्भव भएको बताए । 

फरक प्रशंगमा अध्यक्ष प्रचण्डले आफु सक्रिय राजनीतिमा लागेकाले साहित्यलाई समय दिन नसकेको गुनासो गरे । ‘म पनि साहित्यमा रुची राख्ने मान्छे हुँ, तर सक्रिय राजनीतिमा समय दिनुपर्दा समय दिन सकिँन,सकेको छैन’ प्रचण्डले भने, साझा प्रकाशन बचाउन मेरो प्रयास कायमै रहन्छ ।’

शर्माको उक्त पुस्तक साझा प्रकाशनले प्रकाशित गरेको हो । 

कार्यक्रममा उषा ठाकुर, संस्कृतिविद् सत्यमोहन जोशी लगायतले पुस्तकबारे प्रकाश पारेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने