जिम्बाब्वे : अचानक बसमा आगो लागेपछि कम्तीमा ४२ जनाको मृत्यु

कात्तिक ३०, काठमाडौं : जिम्बाब्वेको दक्षिणपश्चिम भागमा एउटा बसमा अचानक आगो लागेपछि ४० जनाभन्दा बढीको मृत्यु भएको छ । 

अन्य २० जना घाइते भएका छन् । घाइतेमध्ये धेरैको शरीर नराम्ररी डढेको छ । बिहीवार बेलुका यो घटना भएको प्रहरी प्रवक्ता च्यारिटी चरम्बाले बताइन् । 

जिम्बाब्वे रेडक्रसले ट्विटरमा पोस्ट गरेको तस्वीरमा जलेको बसको अवशेष देखिन्छ । 

यो घटना राजधानी हरारेभन्दा ३४० माइल पर रहेको ग्वान्डा जिल्लामा भएको हो । 

‘अहिलेसम्म हामीलाई थाहा भएअनुसार ४२ जनाभन्दा बढीको मृत्यु भइसकेको छ,’ चरम्बाले एएफपीलाई बताइन् । एकजना यात्रुले बोकेको ग्यास सिलिन्डर पड्केपछि यो घटना भएको भनी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण