जित पश्चात यसकारण नेयमार भक्कानीए खेल मैदानमै !

जारी फिफा विश्वकप २०१८ को शुक्रबार राति भएको खेलमा ब्राजिलले पहिलो विजय हासिल गर्‍यो । समूह चरणको पहिलो खेलमै स्विट्जरल्याण्डसँग एक–एकको बराबरी रोकिएपछि ब्राजिल जित्नै पर्ने दबाबका बीच मैदानमा उत्रिएको थियो ।

nai

कोस्टारिकामाथि विजय निकाल्न इन्जुरी समय नै कुर्नुपर्‍यो । हजार प्रयास गर्दा पनि गोल गर्न नसकेपछि निराश बनेको ब्राजिलको लागि इन्जुरी समय खुसीको बहार लिएर आयो । थपिएको ६ मिनेटमा ब्राजिलका लागि फिलिप कोउटिन्हो र नेयमारले गोल गरे ।

खेल अन्तिमतिर पुग्न लाग्दा ब्राजिलले पेनाल्टीको अवसर पायो । तर, पेनाल्टी प्रहार गर्न पाउने अवसर भिडियो असिटेन्ट रेफ्रीले रोकिदियो । डिबक्समा नेयमारलाई फल गरेपछि पाएको पेनाल्टी अवसर चुकाए पछि ब्राजिलको क्षणिक खुसी माटोमा मिल्यो । कोस्टारिकाका खेलाडी जियानकार्लो गोञ्जालेजसँग ठोक्किएपछि नेयमार लडेका थिए । तर, कतिपयले नेयमारले चलाखीपूर्वक डाइभ हानेको बताएका छन् ।

समय सकिएपछि सिंगो ब्राजिल र शुभचिन्तकहरु विजय मनाइरहेका बेला नेयमार भने मैदानमा घोप्टिएर लामो समयसम्म रोए । किन रोए त नेयमार ? चर्चित टिमहरुले हारिरहेको र चर्चित खेलाडीहरुले गोल गर्न नसकिरहेको बेला नेयमारले विश्वकपमा पहिलो गोल मात्र गरेनन्, उनको टिमले विजय हासिल गर्‍यो । केही समयपछि नेयमारले आफूले हर्षको आँसु बनाएको भन्दै इन्ट्राग्राममा पोस्ट गरे ।

‘कसैलाई थाहा छैन यहाँ के भयो । सुगा नबोल्दासम्म बोल्नुहोस् । अब त गर, केही गर । खुसीको हुन्छ आँसु, जितको हुन्छ आँसु । मेरो जीवन कहिल्यै सहज भएन र हुनेछैन । सपना जारी छ, सपना होइन… उद्देश्य । केटाहरुलाई जितको बधाई छ,’ नेयमारले लेखेका छन् ।

पीएसजीबाट खेल्दै गर्दा गत फेब्रुअरीमा उनको खुट्टा भाँचिएको थियो । त्यसपछि लामो समय आराम गरेका नेइमार अझै पनि पूर्ण रुपमा निको भएका छैनन् । घाइते शरीर लिएर देशको सपना बोक्दै उनी मैदानमा उत्रिएका थिए ।

अभ्यासको क्रममा खुट्टा दुखेपछि उनी फिजियोथेरापिस्टकोमा पुगे र सबैको अनुमानलाई गलत सावित गर्दै उनी मैदानमा उत्रिएरै छाडे । उनले २०१४ को विश्वकपको क्वाटर फाइनल घाइते भएकै कारण गुमाएका थिए । कोलम्बियाका जुवान जुनिगाले ८८ औँ मिनेटमा नेइमारलाई कुहिनाले धक्का दिएपछि नेयमारको ढाडमा फ्र्याक्चर नै भएको थियो । नेयमारबिना मैदानमा उत्रिएको ब्राजिलले त्यतिबेला जर्मनीसँग ७‍‍-१ ले लज्जाजनक पराजय व्यहोरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

विश्वकप फाइनल : घरेलु मैदानमा उपाधि जित्ने भारतको लक्ष्य

मङ्सिर ३ ,अहमदाबाद। रोहित शर्माको कप्तानी र विराट कोहलीको प्रेरणामा भारतले आइतबार पाँच पटकको विश्वविजेता अस्ट्रेलियाविरुद्ध

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।